स्मृतिमा इजरायल र विपिन जोशी

स्मृतिमा इजरायल र विपिन जोशी

केही वर्षअघि शान्तिसम्बन्धी सम्मेलनमा भाग लिन इजरायल गएका नेपालीको समूहमा पंक्तिकार पनि थियो। काठमाडौंमा कतार एअरवेजको उडान ढिलो भएकाले सोही दिन इजरायल पुग्न सकेनौं। एक रात कतारको राजधानी दोहा बसेका थियौं। त्यसै समय एकछिन घुम्न निस्कँदा दुईजना युवा हामीतर्फ आए। तिनीहरू नेपाली युवा हुन् भनी चिन्न गाह्रो भएन। मैलो लुगा, चाउरी परेको गाला र आँखामा निराशामात्र थियो।

घर कहाँ मैले प्रश्न गरें ? उत्तरमा पाएँ कुनै जिल्लाको नाम। किन यस्तो माग्ने जस्तो मैले धक नमानी सोधे। दुईमध्ये एकले जवाफ दिए, हामीलाई एउटा काम गर्न बोलाए। दिनभरि मध्यघाममा ऊँट चराउनु पर्छ। राति सुत्न अँध्यारो र साँघुरो कोठा छ अनि खाना पनि अस्वस्थ्यकर। तै पनि तलब पाइँदैन। बोल्दै गर्दा तिनका आँखा रसाए। नेपाली युवाहरू विदेश त जान्छन् तर जवानी दिएर रोग लिएर स्वदेश फर्कन्छन्। त्यसको पिडा बोकेर जेन–जी आन्दोलन भएको हुनुपर्छ। शायद ती युवाका क्रन्दन यिनले सुनेको हुनुपर्छ।

दोस्रो दिन बिहान साइप्रसको विमानबाट इजरायलको ठूलो सहर तेलअविभ पुग्यौं। साँझको समय थियो, सिरिरी हावा चलिरहेको थियो। एयरपोर्टमा सिक्युरिटी ड्रेसमा महिला थिए। मुस्कुराउँदै स्वागत गरेका थिए। एयरपोर्ट बाहिर हामीलाई लिन भ्यान खडा थियो। त्यसैमा राजधानी जेरुसेलम पुग्यौं। जहाँ हेब्रु विश्वविद्यालयको नजिकको एक पाँचतारे होटेल थियो। त्यही राखियो। सन् १९६० जुन १ मा नेपाल इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापित भयो। त्यसै वर्ष प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला र त्यसको तीन वर्षपछि राजा महेन्द्रबाट इजरायल भ्रमण भएको थियो। सन् १९६६ अप्रिलमा जर्मन राष्ट्रपति जलमन साजार नेपाल आउँदा दरबार स्कुल नजिक इजरायल र नेपालको झन्डा हल्लाएर हामीले स्वागत गरेका थियौं।

जेरुसेलममा हामीले बिहानपख विभिन्न देशका प्रतिनिधिसँग मिलेर शान्तिसम्बन्धी जुलुस निकाल्यौं। मेरो टाउकोमा नेपाली टोपी थियो भने शरीरमा नेपालको झण्डा बेरिएको थियो। जुलुसमा हिँड्दा प्रतिनिधिहरूले नेपालको सगरमाथा, धर्म, प्रकृति, संस्कृतिसम्बन्धी अनेक प्रश्न गर्थे। जेरुसेलमका साँघुरो गल्लीले असन इन्द्रचोक याद दिलायो। इजरायलबाटै जोर्डन पनि गयौं। त्यसै जोर्डन नदीबाट निस्केको पानी इजरायलको मृत सागरमा मिसिने रहेछ। मृतसागर संसारको सबैभन्दा होचो ठाउँ हो। जहाँको पानीमा नुनको मात्रा बढी भएकाले यसमा कुनै जलचर पाइँदैन र नुहाउने मानिस दुवै डुब्दैनन्।

एक विदेशी साथीलाई भने मेरो देश संसारको सबैभन्दा अग्लो ठाउँमा छ। यो सबैभन्दा होचो ठाउँमा आएर नुहाउँदा बेग्लै आनन्द लाग्यो। इजरायलको प्रत्येक घरका बार्दली गमला र फूलले सजाइएका छन्। ठाउँठाउँमा ओलिभका रूख र अंगुर जस्तै कालाकाला दाना र अंगुर लहरा, बारीमा विभिन्न किसिमका तरकारी लटरम्म फलेका, बालुवैबालुवा भएको यस देशमा कसरी यस्तो हरियाली पत्याउन नसकिने कुरा। ओलिभ र अंगुरका ठूलाठूला दाना मुखमा नअटाउने थिए। हाम्रा किसान युवाहरूलाई कृषिको अध्ययन र तालिम लिन इजरायल पठाउन पर्छ भन्ने निचोड मेरो रह्यो।

अर्को दिन सम्मेलनमा बोल्ने अवसर पाएँ। मैले मेरो देशका कवि, कलाकार र संस्कृतिको विषयमा बोल्नुको साथै प्यालेस्टाइनको कुरा पनि गरेको थिएँ। मैले नेपाल, इजरायल र प्यालेस्टाइन बीचमा शान्ति भएको देख्न चाहन्छ भने। हाम्रा साथीहरूले प्यालेस्टाइनको नाम लिएको हुनाले मन पराएनन्। मलाई इजरायल प्यालेस्टाइनबीचको सम्बन्ध राम्रो छैन भने थाहा थियो। हाम्रो गाइड पनि प्यालेस्टाइन थिए। तिनीसँग मैले हाम्रो देश प्यालेस्टाइनप्रति सहानुभूति राख्छ भनेको थिएँ। 

इजरायलबाट जोर्डन जाँदा मरुभूमि मात्र देखिन्छ, घरबस्तीविहीन। त्यस्ता मरुभूमिमा पनि भेडाहरू बालुवा खस्रेर त्यहाँ लुकेको घाँस खाइरहेको देखिन्थे। दैवको लीला सबैलाई आहार पुर्‍याउन पर्ने जनसंख्या र क्षेत्रफलको आधारमा इजरायलभन्दा नेपाल सात गुणा ठूलो छ। उसको क्षेत्रफल ८,५२२ स्क्वायर माइल (२२,०७२ स्क्वायर किलोमिटर) र जनसंख्या ९.३ मिलियन छ। इजरायलको तुलनामा प्यालेस्टाइन र गाजा दुवै साना छन्। १९४८ मे १५ मा द्वितीय विश्वयुद्धको समाप्तिपछि हिटलरद्वारा विस्थापित गरिएका यहुदीहरूलाई अमेरिकाले इजरायलमा राखेर स्वतन्त्र राष्ट्रको मान्यता प्रदान गर्‍यो। १९८८ नोम्बेबर १५ मा प्यालेस्टाइन राज्यको स्थापना भएको थियो। गाजा प्यालेस्टाइन राज्यअन्तर्गत पर्छ। गाजाको क्रान्तिकारी सैनिक जत्थालाई हमास भनिन्छ।

२०२३ अक्टोबरमा हमासले पाँच हजार रकेट इजरायल माथि प्रहार गर्‍यो। यसमा १२ जना मानिस र त्यत्तिकै संख्यामा घाइते भएका थिए। कञ्चनपुर, भीमदत्त नगरपालिकाका २३ वर्षका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालय स्नातक तहमा कृषि पढ्दै थिए। विपिन जोशी र यिनका १५ जना साथी काम गरेर पढ्न तीन साताअघि मात्र इजरायल गएका थिए। २०२३ अक्टुबर ७ मा हमासले विपिन जोशीसमेत २५० लाई कैदी बनाएर लगेको थियो। उनकी आमा र बहिनीले नेपाल र इजरायलमा गएर उच्च पदस्थहरूलाई भेटेर आँसु बगाउँदै रिहाइको पहल गरी दिन अनुरोध गरेका थिए। 

२०२३ अक्टोबर ५ मा इजरायलका सेनाले एक महिनाअघि नै विपिनको हत्या भएको जानकारी गराए। यो हत्या कसले र कहिले गर्‍यो ? अहिलेसम्म थाहा हुन सकेको छैन। नेपालका प्रधानमन्त्री सुशीला कार्कीले औपचारिता पुर्‍याउन विपिन जोशीको मृत्युको समवेदना दिइन्। तर विपिन जोशीको लास कफन बनाएर ल्याइयो र दाहसंस्कारको निम्ति कञ्चनपुर पुर्‍याइयो। इजरायल सरकारका प्रतिनिधि आए। सबै औपचारिकता मात्र। विपिनका परिवार मध्यस्थता गरिदिन इजरायल र अमेरिका पनि गएका थिए। सबैतिरबाट निराश त्यो परिवार आँसुको आहालमा नुहाउन बाध्य थिए। जसलाई विपिन सकुशल नेपाल फर्कन्छन् भन्ने विश्वास थियो।

निष्कर्ष : नेपाल सरकारले समयमा पहल गरेको भए अरू जस्तै विपिन पनि छुट्ने थिए। तर कूटनीतिक पहलको अभावमा कञ्चनपुरका एक होनहार युवकको यस्तो दुःखद् मृत्यु भएको थियो। आज जेन-जी युवाहरू देशमा काम नपाएर विदेश गएर मर्नु नपरोस् भनेर सडकमा बसेर आन्दोलन गरिरहेका छन्। जेन-जीले बनाएको सरकार बन्दुक तेस्र्याएर बसेको छ। यसले तालिका बनाएर छिटोछिटो काम गरेर सबैलाई आश्वस्त पार्नु पर्दछ। चुनाव रटान लिएर अन्य कुरा तपसिलमा राख्नु राम्रो होइन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.