पासपोर्ट नआउँदा सेवाग्राही समस्यामा

पासपोर्ट नआउँदा सेवाग्राही समस्यामा

परासी : दुई महिनादेखि राहदानी (पासपोर्ट) नआउँदा सेवाग्राहीहरू समस्यामा परेका छन्। जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दिनहुँ जसो पासपोर्ट फारम भरेर गएकाहरू लिन आउने गरेका छन्। तर कार्यालयले नआएको भन्दै फिर्ता पठाउने गरेको छ। 

राहदानी विभागबाटै नपठाइएको सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले जानकारी दिए। यसअघि फारम भरेर गएको १५ देखि एक महिनाभित्र पासपोर्ट आउने गरेको थियो। अहिले भने दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि नआएको प्रशासनले जनाएको छ। 

‘भदौ १५ गतेसम्म फारम भरेकाहरूको छपाइ भएर आएको छ। त्यसपछि भरेकाहरूको आएको छैन,’जिल्ला प्रशासनका राहदानी फाँटका नायब सुब्बा महेन्द्रप्रसाद भरले भने। अहिले भदौ १५ सम्म छपाइ भएर आएका ६६५ वटा पासपोर्ट मात्र वितरण गरिएको भरले बताए। 

भदौ १६ देखि कात्तिक २८ गतेसम्म १ हजार ३४७ जनाले पासपोर्टका लागि फारम भरेका छन्। उनीहरू कसैको पनि आएको छैन। दैनिक २५ देखि ३० जना पासपोर्ट लिन आउने गरेको प्रशासनले जनाएको छ। 

पासपोर्ट नआउँदा विदेशमा अध्ययन गर्न जाने, रोजगारीका लागि प्रक्रिया सुरु गर्न लागेका र अन्य कामका लागि जानेहरू समस्यामा परेका छन्। अति आवश्यक भएकाहरू भने विभागमै पुगेर अतिरिक्त राजस्व रकम तिरेर लिन सक्ने प्रशासनले जनाएको छ। ५ हजार राजस्व जम्मा गरेकाहरूले विभागमा पुगेर टोकन लिने र थप ७ हजार राजस्व जम्मा गरेपछि पाइने भएपनि अनलाइन टोकन प्रक्रियामा बस्दासमेत पालो नआउने सेवाग्राहीको गुनासो छ। 

पहिला जस्तो जिल्ला प्रशासनले सिफारिस गरेका आधारमा नदिई टोकनमा बस्नु पर्दा समस्या भएको सेवाग्राहीले बताएका छन्। प्रशासनको सिफारिसका आधारमा दिन उनीहरूले माग गरेका छन्। मन्त्रालयले नै फागुन ११ गतेसम्म पासपोर्ट आउन नसक्ने जनाएकाले सो समयसम्म कुर्नुपर्ने प्रशासनले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.