लागूऔषधसहित दुई महिला पक्राउ
सिमरा : प्रहरीले शनिबार बाराको जीतपुरबाट ४४ ग्राम प्रतिबन्धित लागूऔषधसहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका–६ की ३५ वर्षीय सुशिलादेवी र पोखरिया नगरपालिका–७ की ३० वर्षीया पूजा देवी रहेका छन् ।
सिमरातर्फ पैदल आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दीपक बस्नेत र लागूऔषध नियन्त्रण ब्युरो पर्साका प्रहरी सहायक निरीक्षक गोपाल खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले जीतपुरस्थित ललका पुल नजिकबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये सुशिलादेवीको शरीरमा लुकाएर राखिएको अवस्थामा ४४ ग्राम चार सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई सिमरास्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !