साउदी अरेबियाको मदिनामा बस दुर्घटना : ४५ जनाको मृत्यु

साउदी अरेबियाको मदिनामा बस दुर्घटना : ४५ जनाको मृत्यु

काठमाडौं : साउदी अरेबियाको मदिनामा भएको बस दुर्घटनामा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ। यद्यपि मृत्यु हुनेमा कति भारतीय नागरिक छन् भन्ने कुरा अझै स्पष्ट भएको छैन। यसअघि तेलङ्गानाका सीएमओले बसमा हैदराबादका मानिसहरू सवार रहेको बताएका थिए।

बस डिजेल बोकेको ट्यांकरसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले भनेका छन्, 'मदिनामा भारतीय नागरिक सवार बस दुर्घटनाबाट म दुःखी छु। आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूसँग मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु।'

उनले रियादस्थित भारतीय दूतावास र जेद्दाहस्थित वाणिज्य दूतावासले सबै सम्भव सहयोग प्रदान गरिरहेको बताएका छन्। भारतीय अधिकारीहरू साउदी अरेबियाका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको उनको भनाइ छ।

विदेशमन्त्री एस जयशंकर, तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी र हैदराबादका सांसद असदुद्दीन ओवैसीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.