बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले 'मृत्युदण्ड' बारे के भनिन्?

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले 'मृत्युदण्ड' बारे के भनिन्?

काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ढाका अदालतको फैसलाको कडा निन्दा गरेकी छिन् । उनले यसलाई 'पक्षपाती र राजनीतिक रूपमा प्रेरित' भन्दै टिप्पणी गरेकी छन्।

उनले भनिन्,'मृत्युदण्ड भनेको अवामी लिगलाई राजनीतिक शक्तिको रूपमा अवैध बनाउने अन्तरिम सरकारको तरिका हो।' अवामी लिग शेख हसीनाको पार्टी हो।

यसअघि शेख हसिनाले उक्त मुद्दालाई 'प्रहसन' भनेकी थिइन् । उनले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेकी थिइन्। उनले भनेकी थिइन, 'प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कन र परीक्षण गर्न सकिने उचित न्यायाधिकरणमा मेरा आरोप लगाउनेहरूको सामना गर्न मलाई कुनै डर छैन।'

उनले अन्तरिम सरकारलाई यी आरोपहरू हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा ल्याउन चुनौती समेत दिएकी छन्। बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा शेख हसिनामाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो। भारतमा निर्वासनमा बस्दै आएकी हसिनाविरुद्धको मुद्दा उनको अनुपस्थितिमा सुनुवाइ गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.