मृतात्माको स्मृतिमा शतबीज

मृतात्माको स्मृतिमा शतबीज

बाला चतुदर्शी पर्वको पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल महात्म्य तथा शिवपुराणहरूले वर्णन गरेका छन्। हिमवत्खण्डको ४२ अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरूप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिँड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा एउटा धानको गेडा छरेको पनि एक रति सुवर्ण छरेको बराबर हुन्छ भनी हरिणेश्वर शिवजीले आकाशमार्गबाट बताएको भनि हाम्रो शास्त्रमा उल्लेख गरिएको पाइन्छ। प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीको दिनलाई बाला चतुर्दशी भनिन्छ।

कुनै पनि व्यक्ति समाज या राष्ट्रको जीवन त्यसको संस्कृतिमा निर्भर गर्दछ। साँच्चै भन्ने हो भने संस्कृति जीवनको त्यो ढोढ नसा हो जसमा जिन्दगी अवस्थित रहेको छ। जीवन कार्य छ भने संस्कृति त्यसको कारण छ। अत :  त्यसमा कुनै प्रकारको फेरबदल गरी अर्कोको संस्कृति अंकाल्न खोेज्नु आफूमा आफैंले बन्चरो प्रहार गर्नु बराबर हुन्छ। हाम्रो संस्कृति गाथामा एउटा भनाइ छ, ‘स्वधर्मे निधनं श्रेय  :  परधर्मो भयावह।’ यसैले न हो वास्तविक विश्व विजेताहरू साम्राज्य विजय हेरी सांस्कृतिक विजयलाई बढ्ता महत्त्व दिइन्छ। तसर्थ, नेपाली समाजमा वर्षभरिमा विभिन्न चाडपर्वहरू मनाइन्छन्। जुन धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो समाजमा, धार्मिक आस्थाअनुसार मनाइने यस्ता चाडपर्वमा बालाचतृर्दशी पनि एक हो।

शतबीज भन्नाले खास गरी सात चिजका गेडागुडी भन्ने बुझिन्छ। यी शतबीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सरस्र्यूं, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्छन्। शतबीज छर्न नेपाललगायत भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्छ। त्रयोदशीका दिन महाद्विप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिँड्छन्। यस दिन टाढा जान असमर्थ कतिपयले नजिकको तीर्थ स्थल मन्दिर, देबालयमा गई शिव प्रार्थना गरी रातभर जाग्राम बस्ने प्रचलन पनि जनसमुदायमा विद्यमान छ। शतबीज छरिसकेपछि खीर, फलाहार, दही, चिउरा, पुलाउ इत्यादि मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा विद्यमान छ।

समाजमा दुईथरी विश्वास बोकेका मानिसले शतबीज छर्छन्। एकथरी अघिल्ला वर्षहरूमा परिवारजनको स्वर्गरोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबीज छर्दै चिरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशा गर्छन्। जसमा भन्ने नै हो भने सार्वजनिकरूपले शतबीज छर्ने अघिल्लो दिन अर्थात् मार्ग कृष्ण त्रयोदशीको दिन पशुपतिनाथलाई किमति गरगहना पहिराइन्छ। यसमा पनि सक्कली एकमुखे रुद्राक्ष, नागमणि जस्ता वस्तुहरू ढुकुटीबाट झिकिन्छन्। त्यसरी झिकिएका वस्तुहरू मार्ग कृष्ण औंसीको दिन भण्डारमा पुन :  राखिन्छन्। बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबीज छरिन्छ। जसलाई ‘कएन्या’ भनिन्छ। यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबीज छर्ने कार्य समाप्त हुन्छ। बालाचर्तुदशीको दिनदेखि पशुपतिनाथलाई तातो पानीले स्नान गराइन्छ। यसरी चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ।

यसर्थ शतबीज छर्दा महत्त्व बुझ्नेहरू सबेरै बागमतीमा नुहाएर ‘सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधते’ भनी मन्त्र पढ्दै शतबीज छर्छन्। शतबीज छर्नेहरूको घुइँचोसँगै उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो। यस दिन बौद्धवलम्बी स्वयम्भूमा शतबीज छर्न धाउने गर्छन्। जसले पितृहरूको नाममा लामा, राई, शेर्पा, तामाङ, गुरुङ आदि जनजातिहरूले अन्न, फलफूल छर्ने गरको भन्ने उनीहरूको भनाइ छ– बज्राचार्यले जनजातिहरूको भनाइ उद्धृत गर्दै भन्नुभयो। सो दिनमा देवताहरूको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनीहरूको छ। देवताहरूको पनि देवता पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्त्वपूर्ण मन्दिरहरूमा पनि दर्शनार्थीको भीड लाग्छ।

मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाश डाँडाको मृगस्थलीमा मानिसको घुइँचो लाग्न थाल्छ। साँझ पर्दासम्म कैलाशको चौरमा खुट्टो राख्ने ठाउँसम्म हुँदैन। साँझ परेपछि धार्मिक अनुष्ठान सुरु हुन्छन्। एकातिर परिवारका मूली वा जिम्मेवार व्यक्तिहरू पशुपतिको मूल बत्तीबाट पितृका नाउँको दियो वा महादीप, जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन्। चतुर्दशीको दिन सबेरै महादिप वा दीप लगेर बागमतीमा सेलाइन्छ र मानिस नुवाइधुवाइ पशुपतिनाथको पूजा गरी शतबीज छर्छन्। 

बाला चतुर्दशीले चाडपर्व सामाजिक बन्धन र साम्प्रदायिक सद्भावको समय पनि हो। यसमा रीतिरिवाज र समारोहहरूमा सामूहिक सहभागिताले समुदायभित्रको सम्बन्धलाई बलियो बनाउँछ। यसरी सामाजिक एकतालाई बलियो बनाउँछन्। जुन बालाचतुर्दशीले परिवारका लागि आफ्ना मृतक प्रियजनहरूलाई सम्मान र सम्झनाका लागि एक मार्मिक अनुस्मारकको रूपमा कार्य गर्दछ। जुन प्रदर्शन गरिएका अनुष्ठान सम्मान र श्रद्धाका कार्यहरू हुन्। जसले मृतकको सम्झनाहरू जीवितहरूको हृदयमा जीवित राख्न मद्दत गर्दछ। यो साम्प्रदायिक स्मरणले पुस्तासम्म निरन्तरता र जडानको भावनालाई बढावा दिन्छ।

समग्रमा, बालाचतुर्दशी मुलुकमा ठूलो सांस्कृतिक र धार्मिक महत्त्व बोकेको बहुआयामिक चाड पनि हो। यो प्रतिबिम्ब, सम्झना र आध्यात्मिक नवीकरणको लागि समय पनि हो। यस दिनसँग सम्बन्धित विभिन्न रीतिरिवाज र परम्पराहरूमा भाग लिएर, भक्तहरूले पुर्खाहरूको सम्मान गर्न, उनीहरूको दु : ख कम गर्न र आफ्नो र आफ्ना प्रियजनहरूका लागि राम्रो भविष्य सुरक्षित गर्न खोज्छन्। त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ। श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.