पुटिनको भारत भ्रमण अघि दुई देशका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं : भारतीय विदेशमन्त्री एस. जयशंकरले रुसको राजधानी मस्कोमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन्। भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय साझेदारीबारे छलफल भएको हो।
बैठकमा भारत-रूस २३ औं वार्षिक शिखर सम्मेलनको तयारीबारे पनि छलफल भएको छ।
भारत र रुसबीचको २३ औं वार्षिक शिखर सम्मेलन हुने तय भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसका लागि भारतको भ्रमण गर्नेछन्।
रुसी विदेशमन्त्रीसँगको भेटबारे जयशंकरले भने ,'म मस्कोमा विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्न पाउँदा खुसी छु। यस क्रममा व्यापार र लगानी, ऊर्जा, गतिशीलता, कृषि, प्रविधि, संस्कृति र द्विपक्षीय साझेदारीबारे छलफल भयो।'
उनले क्षेत्रीय, विश्वव्यापी र बहुपक्षीय मुद्दामा विचार राखेको बताए।
प्रतिक्रिया दिनुहोस !