सुनको मूल्य ३ हजार ८०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा सुनको भाउ ३ हजार ८०० रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार ५०० रुपैयाँले घटेको सुन आज ३ हजार ८ सयले घटेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ३ हजार ८०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५०० कायम भएको हो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। यसदिन एक तोला चाँदी ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार १५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !