निलम्बनमा परिन् अस्ट्रेलियन सुपरस्टार !
मेलबर्न (अस्ट्रेलिया ) : लाखौं दर्शकलाई चकित तुल्याउने गरी घोडा दौडमा यो वर्षको मेलबर्न कप जितेकी अस्ट्रेलियन सुपरस्टार ‘जाकी’ जेमी मेलहम कारबाहीस्वरूप निलम्बनमा परेकी छन्।
दुई साता अघि यहाँको फ्लेमिङ्टनस्थित आफ्नै घरेलु मैदानमा भएको ग्रुप थ्री रेसको क्रममा लापरबाहीपूर्वक घोडसवार गरेको स्वीकार गरेपछि उनले निलम्बनको सामना गर्नु परेको छ।
लापरबाही त्यहाँ भयो जब उनले मेलबर्न कप जितपछि लगत्तै भएको अर्को दौड ‘हङकङ जाकी क्लब स्टेक्सको दौडका क्रममा आफ्नो प्रतिद्वन्द्वीललाई घाइते तुल्याउने गरी गम्भीर घटनामा संलग्न रहेको पाइयो’ आयोजक मेलबर्न कपका ‘स्टुअड’हरूर्ले भनेका छन्,‘त्यसपछि मात्र विजेता मेहलमलाई निलम्बन गर्नु परेको हो। ’
उनी अब ३० वटा दौडमा सहभागी हुन पाउने छैनन्। दौडको अन्तिम करिब २ सय मिटर अगाडि उनले आफ्नो घोडालाई ट्रयाक लाइन परिवर्तन गर्न अर्थात् बाहिरतिर मोडिन अनुमति दिँदा पछ्याइरहेका अर्का प्रतिस्पर्धी घोडसवार ब्लेक सिनको घोडा गोटपिज्जाज ठोक्नि पुगेको थियो। जसले गर्दा उनी घोडाबाट खसेर गम्भीर रूपमा घाइते भएका थिए।
सिनको बायाँ खुट्टाको ‘टिबिया र फाइबुला’ दुवै हड्डी भाँचिएको छ। अब उनी लामो समय घोडसवार गर्न नसक्ने अवस्थामा छन। यही लापरबाहीपूर्ण सवारको दोषी ठहर गर्दै रेसिङ भिक्टोरियाको नियम तथा कानुन पालना भए नभएको अनुगमन गर्ने अधिकारीहरू (‘स्टुअर्ड’)ले जेमीले लापरबाहीपूर्वक सवार गरेको ठहर गर्दै कारबाही गरेका हुन्। जेमीले पनि आफनो दोष स्वीकार गरेको रिपोर्टमा
उल्लेख छ ।
निलम्बन अवधि १६ नोभेम्बर २०२५ देखि १७ डिसेम्बर २०२५ सम्म हुनेछ। त्यसपछि उनी फेरि दौडमा फर्किन पाउने छिन्। २९ वर्षीया मेहलम यस वर्षको इतिहास रचेसँगै विवादमा फसेकी थिइन्। उनी अस्टे«लियाकी घोडा दौड जित्ने प्रथम महिला मिसेल पेनपछि मेलबर्न कप जित्ने दोस्रो महिला घोडसवार बनेर चर्चामा आएकी थिइन् ।
तर, कपको उत्साह सेलाउने नपाउँदै कप दिवसकै अर्को दौडमा भएको यो दुर्घटनाले धेरै समर्थकहरूलाई खिन्न तुल्याएको छ। मेलहमले लडेर खुट्टा भाँचिएको प्रतिद्वन्द्वीलाई देखे पनि नदेखे झैं गरी छोडेर दौडेको भन्दै धेरैले आलोचना पनि गरेका छन्। मेलबर्न कप जित्दै विश्वको शीर्ष स्थानमा रहेकी मेलहमका लागि यो कडा झट्का हो।
निलम्बनमा परेपछि जेमीले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया व्यक्त गरेकी छैनन्। न त गल्ती महसुस गरेर क्षमा नै मागेकी छन्। उनले ३ मिनेट १८ सेकेन्डमा निर्धारित ३ हजार २ सय मिटरको दूरी पार गरेकी थिइन्। १५ वर्षको उमेरमा स्कुल छोडेर जाकीको करियर सुरु गरेकी हुन्। अस्टे«लियामा घोडसवारहरूमध्ये कम्तीमा ३० प्रतिशत महिला छन्।
प्रतिक्रिया दिनुहोस !