स्कुल ढिलो आउँदा सय पटक उठबस, बिरामीपछि बालिकाको मृत्यु

स्कुल ढिलो आउँदा सय पटक उठबस, बिरामीपछि बालिकाको मृत्यु
सांकेतिक तस्बिर

नयाँ दिल्ली : मुम्बईको वसईमा स्कुल ढिलो आउँदा १०० पटक उठबस गर्न लगाएर सजाय दिएकी बालिकाको मुत्यु भएको छ। विद्यालयकी शिक्षिकाले ढिलो आएकी १३ वर्षीय बालिकालाई उठबस गर्न लगाएर सजाय दिएकी थिइन्। त्यसपछि ती बालिका अचानक बिरामी परेकी थिइन्।

यही कारणले मृत्यु भएको ती बालिकाको परिवारको आरोप छ। मुम्बईको जेजे अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार (नोभेम्बर १४) राति मृत्यु भएको हो।

के थियो घटना ?

मृतक बालिका वसई पूर्वको सतीवली क्षेत्रको कुवारा पाडा परिसरमा रहेको एक विद्यालयमा कक्षा ६ मा पढ्दै थिइन्। यस विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरू अध्ययन गर्छन्।नोभेम्बर ८ को बिहान केही विद्यार्थीहरू ढिलो स्कुल पुगे जसमा यी बालिका पनि पनि थिइन्।

केही विद्यार्थीहरूले आफ्नो स्कुल झोला काँधमा बोकेर सिट-अप गरे। ति बालिकालाई भने १०० पटक उठबस गर्न लगाएर सजाए दिएको थियो। स्कुलबाट घर फर्केपछि बालिकाको स्वास्थ्य बिग्रियो र उनलाई तुरुन्तै उपचारको लागि वसईको आस्था अस्पतालमा भर्ना गरियो। त्यसपछि उनलाई अर्को अस्पताल लगियो। तर, उनको अवस्था बिग्रँदै गयो । उनलाई उपचारको लागि मुम्बईको जेजे अस्पताल भर्ना गरियो। शुक्रबार (नोभेम्बर १४) राति करिब ११ बजे उपचारको क्रममा उनको मृत्यु भएको बीबीसीमा समाचार छ।

वसईको भलिव प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक दिलीप घुगेले बताएअनुसार बालिकाका आमाबाबुले कठोर सजाय दिँदा छोरीको मृत्यु भएको दावी गरेका छन्।  अभिभावकहरूले बालिकाकालाई उठबस गर्न लगाउने शिक्षिकामाथि कडा कारबाहीको माग गरेका छन्।

उक्त घटनाबारे छानबिन गर्न समिति गठन भएको छ। दोषी देखिए शिक्षिकामाथि कारबाही हुने समितिले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.