नेप्से परिसूचक १५.७० अंकले बढ्यो, ४ अर्बमाथिको सेयर कारोबार
काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। परिसूचक १५.७० अंकले बढेर २५६६.०७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.६५ अंकले बढेर ४४३.५३ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ९४ करोड ६० लाख मूल्य बराबरको कारोबार भएको थियो।
कारोबार रकम सोमबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३४५ स्क्रिप्सको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १० करोड ५४ लाख ६ हजार १३४ रुपैयाँमा खरिदबिक्री भए।
चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी,माविलुङ्ग इनर्जी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बन्दिपुर केबलकारको सेयर ९.९८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा साहस उर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। बरुण हाइड्रोपावरले १५ करोडको कारोबार गर्दा माउन्टेन इनर्जी नेपालले १३ करोड,सिनर्जी पावर र नेफ्रा इन्फ्रास्टक्चरको ९/९ करोडको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये २०७ वटा स्टक्सको मूल्य बढ्दा ४४ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। आज १३ वटै समूहको उपसूचक सकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,होटल्स एण्ड टुरिजम र इन्भेस्टमेन्ट समूहको उपसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भयो।
प्रतिक्रिया दिनुहोस !