अमेरिकी उच्च सैन्य अधिकारी काठमाडौंमा, नेपाली सेनासँग ल्यान्डफोर्स टक हुँदै

अमेरिकी उच्च सैन्य अधिकारी काठमाडौंमा, नेपाली सेनासँग ल्यान्डफोर्स टक हुँदै

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबीच 'ल्यान्डफोर्स टक' हुने भएको छ। बुधबारदेखि काठमाडौंमा सुरू हुने 'ल्यान्डफोर्स टक'मा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्च स्तरीय टोली मंगलबार साँझ काठमाडौं आइपुगेको छ।

अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेका हुन्। अन्य दुई सदस्यमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना छन्। उच्च सैन्य स्रोतका अनुसार उनीहरू मंगलबार साँझ कोरियन एयरको जहाजबाट काठमाडौं आएका हुन्। उक्त 'ल्यान्डफोर्स टक' तीन दिनसम्म चल्नेछ। 

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली र अमेरिकी सेनाबीच ल्यान्डफोर्स टकको छैटौं संस्करण बुधबारबाट सुरू हुने बताए। प्रवक्ता बस्नेतले अन्नपूर्णसँग भने, 'ल्यान्डफोर्स टकमा मानवीय सहायता, प्राकृतिक विपद् व्यवस्थापनलगायत विषयबारे छलफल हुनेछ।'

छलफलमा परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरूसमेत सहभागी जनाउँदैछन्। सन् २०१८ बाट सुरू भएको ल्यान्डफोर्स टक हरेक वर्ष नेपाल र अमेरिकामा आलोपालो हुँदै आएको छ। ल्यान्डफोर्स टकमा सैन्य सहायतालगायत नेपाली सेनालाई सबलीकरणको बारेमा छलफल हुने बताइएको छ।

नेपाली सेनाले प्रत्येक वर्ष भारतीय सेनासँग अभ्यास सूर्यकिरण र चिनियाँ जनमुक्ति सेनासँग सगरमाथा फ्रेन्डसीप नामको सैन्य अभ्यास गर्दै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.