election background

प्रतिनिधि सभा निर्वाचन २०८२

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

भारतको सहयोगमा प्युठानमा विद्यालय भवन निर्माण

प्युठान : भारत सरकारको आर्थिक सहयोगमा प्युठानमा विद्यालयको भवन निर्माण भएको छ। काठमाडौंस्थित भारतीय दूतावासको सहयोगमा ऐरावाती गाउँपालिका–१ दाङवाङस्थित दाङवाङ माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन र छात्रावासको उद्घाटन गरिएको हो।

कुल ३ करोड ३९ लाख २२ हजार ५ सय १ रुपैयाँमा निर्माण भएको भवनको दूतावासकी काउन्सीलर गीतांजलि ब्रैंडनले उद्घाटन गरेकी हुन्। गाउँपालिकाको २० प्रतिशत र भारतीय दूतावासको ८० प्रतिशत आर्थिक सहयोगमा भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष नबिल विक्रम शालले बताए। 

भारतले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा दुई पक्षीय सम्बन्धलाई प्रगाढ बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको काउन्सीलर ग्रैंडनले बताइन्। 

nullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.