टाउको नखोली मस्तिष्क रक्तस्रावको उपचार न्युरो इन्टरभेन्सनबाट नेपालमै सम्भव छ
चिकित्सकीय भाषामा स्ट्रोक भनेको के हो ?
मस्तिष्कघात (ब्रेन स्ट्रोक) कति प्रकारका हुन्छन् ?
इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच) र सबएराक्नोइड हेमोरेजमा कसरी फरक छुट्ट्याउन सकिन्छ ?
मस्तिष्कभित्र रक्तस्राव भएर हुने (ब्रेन प्रेन्काईमा) लाई इन्ट्रासेरेब्रल हेमोरेज भनिन्छ। मस्तिष्क र आसपासको ठाउँ (सब एराक्नोइड स्पेस)मा रक्तस्राव भएको छ भने त्यसलाई सबएराक्नोइड हेमोरेज भनिन्छ। यसरी मस्तिष्कभित्र रक्तस्राव भएको छ कि आसपासमा ? त्यो पत्ता लगाएर फरक छुट्ट्याइन्छ।
मस्तिष्कघात (ब्रेन स्ट्रोक) हुनुका मुख्य कारण के के हुन् ?
दुवै प्रकारका अर्थात् स्केमिक र हेमोरेजिक स्ट्रोकका कारणहरू फरकफरक हुन्छन्। तर, पनि केही कारणहरू साझा छन्। जस्तै उच्च रक्तचाप, धूमपान, अल्कोहल (मदिरा)को अधिक सेवन, मधुमेह, डिसलिपिडिमिया (रगतमा चिल्लो/बोसोको मात्रा धेरै हुनु) ब्रेन स्ट्रोकको जोखिमका कारण (रिस्क फ्याक्टर)हुन्। त्यस्तै वातावरणीय तथा पर्यावरणीय कारणहरू जस्तो धूलो, प्रदूषणमा लामो समयसम्म बसोबास गर्ने व्यक्तिहरूलाई पनि ब्रेन स्ट्रोकको जोखिम हुन्छ।
केही जोखिमहरू यस्ता छन् जो स्वाभाविक रूपमा हुन पुग्छन्। जस्तै इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच)को जोखिम उमेरको वृद्धिसँगै बढ्दै जान्छ। एसियाली मुलुकमा इन्ट्रासेरेब्रल हेमोरेज (आईसीएच)को जोखिम उच्च देखिएको छ। कतिपयमा रक्तनलीमा समस्या भएको हुन्छ। त्यस्ता व्यक्ति पनि ब्रेन स्ट्रोकको जोखिममा पर्छन्।
मस्तिष्कका रक्तनलीमा समस्या आयो भने गरिने आधुनिक उपचार विधि के के छन् ?
मस्तिष्कका रक्तनलीमा समस्या आएको अवस्थामा गरिने उपचार विधिलाई न्युरो इन्टरभेन्सन भनिन्छ। न्युरोइन्टरनेभन्सन एक आधुनिक र बिना चिरफार (मिनिमली इन्भेसिभ) उपचार विधि हो। यो उपचार विधिमा मस्तिष्क रक्तनलीमा देखिएका समस्याहरूको खुला सर्जरी बिना नै उपचार गरिन्छ। यसमा साना ट्युब (माइक्रो क्याथेटर) र अत्याधुनिक प्रविधिको प्रयोग गरेर रक्तस्राव, स्ट्रोक, एन्युरिजम (रगत बग्ने नली अर्थात् धमनीको कुनै भाग फुलिने वा पोकाजस्तै सुन्निने) एभीएम (मस्तिष्कमा रगत बग्ने नलीमा गडबड) भएको अवस्थामा पनि यो उपचार पद्धति उपयोगी हुन्छ।
न्युरो इन्टरभेन्सनले बिरामीलाई हुने फाइदाको के के हुन् ?
खुला (सर्जरी बिना) उपचार गरिने भएकोले बिरामीलाई धेरै फाइदा हुन्छ। मस्तिष्क र स्पाइनका रोगहरू उपचार गर्न बिना ठूलो चिरफार उपचार गर्ने काम न्युरो इन्टरभेन्सनद्वारा गरिन्छ। यसबाट बिरामीलाई छिटो आराम महसुस हुन्छ। निको पनि चाँडै हुन्छ। अस्पतालको बसाइ अवधि पनि छोटो हुन्छ। यो उपचार विधि कम जोखिमको छ। सघन उपचार कक्ष (आईसीयू)मा पनि धेरै दिन बस्नु पर्दैन। बाहिर सर्जिकल चिह्न (दाग) हुँदैन। समयमै इन्टरभेन्सन गर्दा पछि गएर हुने जटिलता घट्छ।
ब्रेन ह्यामरेज के कारणले हुन्छ ? ब्रेन ह्यामरेज भएको व्यक्तिको टाउको नखोली उपचार गर्ने विधि नेपालमै सम्भव छ ?
कुनै पनि कारणले दिमागमा रगत जम्नु नै ब्रेन ह्यामरेज हो। ब्रेन ह्यामरेजको ८० प्रतिशत कारण सडक दुर्घटना हो। २० प्रतिशत भने बिना चोटपटक पनि हुन सक्छ। बिना चोटपटक हुने ब्रेन ह्यामरेज प्राइमरी र सेकेन्डरी गरी दुई भागमा बाँड्न सकिन्छ। मस्तिष्कको संरचनमा कुनै गडबडी भएर हुने ब्रेन ह्यामरेज प्राइमरी हो भने दिमागमा हुने गुजुल्टा, ट्युमर, फिस्टुलालगायतका कारणले हुने ह्यामरेज सेकेन्डरी ब्रेन ह्यामरेज हो। दुर्घटनाबाहेक अन्य कारणले हुने ब्रेन ह्यामरेजका लक्षणहरूमा अर्ध चेत हुने, हातखुट्टा नचल्ने, बोल्न गाह्रो हुने हुन्छ। अनुहारको एकातिरको भाग तल झर्ने पनि हुन्छ। उच्च रक्तचाप, मधुमेहको औषधि सेवन गरिरहेकाहरूलाई ब्रेन ह्यामरेजको जोखिम उच्च हुन्छ।
ब्रेन ह्यामरेजको उपचार पनि न्युरो इन्टरभेन्सन पद्धतिबाट टाउको नखोलिकन हात र खुट्टाको नसाबाट कपालको रौं जत्रो तार भित्र छिराएर अपरेसन गरिन्छ। यदि हातखुट्टाबाट सम्भव भएन भने घाँटीबाट र त्यो पनि सम्भव भएन भने जुनसुकै नसाबाट तारलाई भित्र छिराउन सकिन्छ। यो प्रविधि नेपालमा भित्रिएको दुई /तीन वर्षमात्र भएको छ। यो प्रविधिबाट टाउको नखोली अपरेसन गर्न सकिन्छ।
न्युरो इन्टरभेन्सनमा नयाँ–नयाँ अनुसन्धान र उपचार विधिमा के कस्तो विकास भइरहेको छ ?
नयाँ अनुसन्धान र विकासबाट नै आधुनिक उपचार विधिहरूको विकास हुने हो। उपचारको प्रभावकारिता र पहुँच वृद्धिका विषयमा विभिन्न अनुसन्धानहरू भइरहेका छन्। यस क्षेत्रमा भएका विश्वस्तरीय नयाँनयाँ खोजहरूले उपचार विधिमा आधुनिक सुधार ल्याएका छन्। बिरामीको उपचारलाई सहज बनाइदिएको छ। नेपालको सन्दर्भमा भन्नुपर्दा अझैं पनि दक्ष विशेषज्ञको अभाव, उपकरणहरूको कमी देखिएको छ। गाउँमा बसोबास गर्ने बिरामीलाई उपचार पहुँच पुर्याउनुपर्ने चुनौती छ। सरकार, निजी क्षेत्रलगायतबाट विभिन्न प्रशिक्षण कार्यक्रमहरू गर्नुपर्ने आवश्यकता छ। न्युरो इन्टरभेन्सनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !