नाइट क्लबमा सिलिन्डर विस्फोट, आगलागी हुँदा २३ जनाको मृत्यु

नाइट क्लबमा सिलिन्डर विस्फोट, आगलागी हुँदा २३ जनाको मृत्यु

 

नयाँ दिल्ली : भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको थियो। मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजसो भान्साका कर्मचारी रहेको बताएका छन्, जसमा तीन महिला पनि समावेश छन्। 

 घटनाको जानकारी पाएपछि गोवाका मुख्यमन्त्री सावन्त र स्थानीय विधायक माइकल लोबो तुरुन्तै घटनास्थल पुगेका थिए।

मुख्यमन्त्री सावन्तले पत्रकारहरूलाई बताएअनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ। उनले 'तीन वा चार' पर्यटकहरूको मृत्यु भएको जानकारी दिए।  घटनाको विस्तृत विवरण आउन बाँकी छ।

राज्यको राजधानी पणजीबाट करिब २५ किलोमिटर टाढा रहेको अर्पोरा गाउँको बिर्च बाई रोमियो लेन क्लबमा मध्यरातपछि आगलागी भएको थियो।घटनास्थलमा दमकल र प्रहरी टोलीले उद्धार र नियन्त्रणको काम गरिरहेको छ। घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.