सुडानमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण, ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं : सुडानको कालोकी शहरमा रहेको एक बालवाडीलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तिमा ५० जनाको मृत्यु भएको छ।

सुडानको डाक्टर्स नेटवर्क र सेनाले बिहीबारको आक्रमणका लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)लाई दोष लगाएका छन्। आरएसएफबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

अर्धसैनिक समूहले यसको विपरीत सेनालाई शुक्रबार डार्फर क्षेत्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। यसमा चाडसँगको आद्रे सीमा क्रसमा रहेको बजार र इन्धन डिपोलाई लक्षित गरिएको थियो।

सुडान अप्रिल २०२३ देखि गृहयुद्धको चपेटामा परेको छ। आरएसएफ र सेनाबीच शक्ति संघर्ष चलिरहेको छ। यी दुई पहिले सहयोगी थिए भने अहिले एकअर्काविरुद्ध लडिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.