स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित युवक पक्राउ

स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित युवक पक्राउ

मलङ्गवा : स्रोत नखुलेको १२ लाख २९ हजार नेपाली रुपैयाँसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको सोनवर्षाबाट नेपाल आउँदै गरेका भारतको बिहार राज्य ग्राम पन्चायत सोनवर्षा वडा न २ का २९ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ब्रहम्पुरी गाउँपालिका-४ स्थित त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटोबाट बि आर ३० वाइ ३२८७ नम्बरको मोटरसाइकलमा आउदै गरेको अवस्थामा महतोलाई प्रहरीले पक्राउ गरेको छ। महतोको साथबाट हजारको ८ सय १४ थान, पाँच सयको ६ सय ७१ थान, सयको ७ सय १२ र ५० को  एक सय ६६ थान नेपाली रुपैयाँ बरामद गरिको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका महतोलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.