प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
फाइल तस्बिर

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसहित ६ जना र एक कन्सल्टिङ प्रालिविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको थियो। उनीविरुद्ध १३ करोड ५७ लाख ४६ हजार  २१३ रुपैयाँ  विगो माग गरिएको छ।

आयोगले अधिकारीसहित तत्कालीन निर्देशक मुरारी भण्डारी, उप प्रबन्धक नल विक्रम थापा,वरिष्ठ अधिकृत तथा हाल उपप्रबन्धक सम्वृद्धि श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो। परापर्शदाता गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ्ग प्रालि तथा उक्त कम्पनीका तत्कालीन सञ्चालक विजय थापालाई विपक्षी बनाउँदै मुद्दा दायर गरिएको हो। नलिञ्चोक हेलिपोर्ट निर्माणको क्रममा भ्रष्टाचार गरेको अधिकारीमाथि आरोप छ।

भ्रष्टाचार मुद्दामा मुछिएपछि उनी प्राधिकरणको महानिर्देशकबाट निलम्बनमा परेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.