झापामा भन्सार छलेर भारतीय माछा भित्राउँदै

झापामा भन्सार छलेर भारतीय माछा भित्राउँदै

झापा : झापाका सीमा नाकाबाट अवैध रूपमा भारतीय माछा नेपाल भित्रिरहेको पाइएको छ। भारतबाट क्वारेनटाइन जाँच बिना भन्सार छलेर नेपाल भित्राइएको ठूलो मात्राको माछा नेपाल प्रहरीले आइतबार बरामद गरेसँगै यस्तो तथ्य खुलेको हो। 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान ११:२० बजे कनकाई नगरपालिका–३ सवडिभिजन वन कार्यालयनजिकै बाटो छेउमा ४१७ केजी माछा बरामद गरेको हो। झापा गाउँपालिकाबाट सवारीसाधनमा हालेर सुरुङ्गातर्फ लैजाने क्रममा प्रहरीले अन्दाजी मूल्य एक लाख ५० हजारको मुङ्ग्री, सिलन, रहूँ र बम्प्लेट जातका माछा बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरिएको माछामध्ये मुङ्ग्री माछा नेपालमा प्रतिबन्धित हो। बरामद गरिएको माछाको कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय झापा परिसरमा नष्ट गरिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

झापा गाउँपालिका– १ स्थित लसुना र रसुनगञ्ज नाका भएर त्यहाँका कारोबारी वसन्त र कृष्णले दैनिक ठूलो मात्रामा माछा भित्राइरहेको स्रोतले जनाएको छ। भारततर्फ डिगलबैंक सीमावर्ती बजार पर्छ। प्रहरीले बरामद गरेको माछा पनि ती दुई कारोबारीमध्ये एकको हो। 

उनीहरूले माछाको कार्टुन भारतीय सीमामै खोलेर झोलाका झोला माछा मोटरसाइकलमार्फत नेपाल भित्राएर भण्डारण गर्छन्। भण्डारण गरेका माछा ट्याम्पो तथा पिकअपमा हालेर सुरुङ्गा र बिर्तामोडका बजारसम्म पुर्‍याउने गरेको कारोबारी स्रोतको दाबी छ। 

गत कात्तिक १० गते पनि भारतीयबाट भित्राइएको माछाको विषयमा झापा गाउँपालिमा विवाद भएको थियो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको मिलेमतोमा भित्राइएको माछाको कार्टुनले भरिएको एउटा पिकअप भ्यान स्थानीय युवाहरूले नियन्त्रणमा लिएका थिए। 

प्र.१–०१–००२ च ०६५२ नम्बरको महेन्द्रा कम्पनीको पिकअप भ्यान स्थानीयले नियन्त्रणमा लिए पनि इलाका प्रहरी कार्यालय कुमरखोदका सादा पोसाकका प्रहरी सहायक हवल्दार विकास घिमिरेले भ्यान भगाएपछि विवाद उत्पन्न भएको थियो। झापा गाउँपालिका-२ नरिवल टोलाका युवाहरूले माछा तस्करको भ्यानलाई रोकेपछि तस्कर समूहलाई संरक्षण गर्दै प्रहरीले नै उल्टै विवाद बढाएको त्यसबेला नै युवाहरू बताएका थिए। 

५५ देखि ६० कार्टुन रहेको पिकअप भ्यानमा १९ कार्टुन माछा थियो। भ्यानको माथि खाली र तल माछा भरिभराउ कार्टुन थियो। त्यहाँबाट भगाएका पिकअप बिर्तामोड पुगी त्यहाँ एउटा माछा पसलमा काटुर्नबाट सबै माछा खाली गरेका थिए। माछा खाली गरेपछि सबै खाली कार्टुन रहेको भन्दै पुनः इलाका प्रहरी कार्यालय कुमरखोदमा ल्याएका थिए। 

यता झापा गाउँपालिका नभएर मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीका नाकाहरूबाट पनि व्यापक माछा तस्करी भइरहेको छ। स्थानीय सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दैनिक ३० देखि ५० कार्टुन माछा नेपाल भित्रिरहेको स्रोतको दाबी छ। धुलाबारीका कारोबारी करण भन्ने व्यक्तिले सो नाकाबाट माछा, मोर्टरपार्टस, हार्डवेयर लगायतका सरसामान नेपाल भित्राइरहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.