राष्ट्रिय आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो

राष्ट्रिय आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो

परासी : नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरुले कालोमोसो दलेका छन्। 

आइतबार  बिहान करिब साढे ११ बजेको समयमा पुगेका ९/१० जनाको समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ दलेको कर्मचारीहरुले बताएका छन्। आफूहरु नेकपा बहुमतबाट जनकारबाही गर्न आएको भन्दै दुर्व्यवहार गरेको कार्यालय प्रमुख थापाले बताए। ‘कालो पदार्थ दलेपश्चात उनीहरु नेकपा बहुमत जिन्दावाद भन्दै बाहिर गए’, घटनाबारे जिल्ला प्रशासनमा जानकारी दिन पुगेका थापाले भने। 

घटनापछि नेकपा बहुमत निकट कम्युनिष्ट युवा संगठनले निकालेको विज्ञप्ति विभिन्न ६ वटा आरोप लगाउँदै कारबाही गरेको जनाइएको छ। देशमा देखिएको भ्रष्टचारकाविरुद्ध संगठनले देशव्यापी सञ्चालन गरेको जनकारबाही स्वरूप थापामाथि कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ। 

थापामाथि बर्दघाट नगरपालिकास्थित चिसापानीमा स्थानीयले संरक्षण गरेको जग्गा व्यक्तिगत कम्पनीलाई बिक्री गरेको, परिवारका सदस्यहरूलाई राष्ट्रिय आवास कम्पनीको केन्द्रीय कार्यालयमा जागिर खुवाएको आरोप लगाइएको छ। 

संगठनका ५ नम्बर ब्यूरो इन्चार्ज मिलन थापाको नाउँबाट जारी गरिएको विज्ञप्तिमा कम्पनीबाट बिक्री भएका जग्गाको अभिलेख नराखी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको, जग्गा बिक्री गर्दा स्थानीयसँग घुस माग्ने गरेको जस्ता आरोप लगाइएको छ। नेकपा बहुमत धर्मेन्द्र बास्तोलाले नेतृत्व गरेको संगठन हो। वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी (बहुमत)बाट छुटिएपछि बास्तोलाले नेकपा बहुमत गठन गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.