माओवादी आन्दोलनदेखि सिद्धान्तका मुद्दामा स्पष्ट हुन सुझाव

नेकपाका नेतामाथि उपमहासचिव ज्ञवालीको प्रश्न : सिद्धान्तबिनाको गाली सप्ताह कहिलेसम्म लगाउनुहुन्छ ?

नेकपाका नेतामाथि उपमहासचिव ज्ञवालीको प्रश्न : सिद्धान्तबिनाको गाली सप्ताह कहिलेसम्म लगाउनुहुन्छ ?

काठमाडौं : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नवगठित नेपाली कम्युनिष्ट पार्टीले गाली सप्ताह कहिलेसम्म लगाउने भन्दै प्रश्न गरेका छन्। नेकपाका शीर्ष नेताहरुले एकता सन्देश सभामा एमालेप्रति गरेको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै सैद्धान्तिक विषयमा छलफल गर्न आग्रह गरेका हुन्। 

नेकपाको सभामा एमाले र एमाले नेतृत्वको नाम लिएर नेताहरुले आरोप लगाउन थालेपछि ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन्। उपमहासचिव ज्ञवालीले माओवादी आन्दोलनदेखि सिद्धान्तगत दिशासम्मका मुद्दामा पार्टीभित्र स्पष्टता ल्याउन सुझाव दिए। ‘माओवादी’ ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गरेको भन्दै प्रचण्डको नाम नलिई ज्ञवालीले जनयुद्धका नाममा भएको भयानक क्षति र त्यसको विरासत किन अलपत्र पारेको भन्दै प्रश्न गरे।

‘दुई दशकसम्म मार्क्सवादको विकासको तेस्रो आयाम भनेर दाबी गरिएको ‘माओवाद’लाई मार्गदर्शक सिद्धान्तबाट र पार्टी पहिचानको रुपमा रहेको ‘माओवादी’ ब्राण्डलाई पार्टीको नामबाट किन परित्याग गर्नु पर् यो ? कुनै स्पष्टीकरण छैन।’ सामाजिक सञ्जालमार्फत ज्ञवालीले प्रश्न गरेका छन्, ‘जनयुद्धका नाममा भएको त्यो भयानक क्षति र त्यसको विरासत किन अलपत्र पर्‍यो ? कुनै जवाफ छैन।’

नेकपा अबको कार्यदिशा, बाटो र सैद्धान्तिक रुपरेखा के हो ? कुनै चर्चा नभएको धारणा राखे।

‘जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो भनेर पुष्टि गर्न नेकपा (एमाले) को आठौँ महाधिवेशनमा प्रस्तुत गरिएका २३ वटा आधारहरु आज के भए ? तत्कालीन प्रस्तोताको तर्फबाट कुनै तर्कसङ्गत जवाफ छैन। अबको कार्यदिशा, बाटो र सैद्धान्तिक रुपरेखा के हो ? कुनै चर्चा छैन।’उनले भने, ‘एमसिसी लगायत विभिन्न विषयमा नोट अफ डिसेन्ट’ लेख्ने साथीहरु र त्यसलाई पारित गराउन निर्णायक भूमिका खेल्नुहुने मध्ये को कसको अजेण्डामा ‘विलय’ भएको हो ? कुनै प्रत्युत्तर छैन।’

उनले एमाले अध्यक्ष केपीशर्मा ओलीभन्दा नेकपामा रहेका व्यक्तिहरुले शासनसत्ता बढी चलाएको धारणा राख्दै प्रचण्ड, झलनाथ, माधव, बाबुरामले जवाफदेही लिन नपर्ने हो भन्दै प्रश्न गरे। उनले भने, ‘गणतन्त्र स्थापनादेखि भदौ २४ गतेसम्मका कुल १७ वर्ष ३ महिना १० दिन (कुल ६ हजार ३०५ दिन) मध्ये नेतृत्वमा २५४२ दिन ( प्रचण्ड ११५४, बाबुराम ५६२, माधव ६२२ र झलनाथ २०४) र सरकारमा ४१८४ दिनभन्दा बढी सहभागी हुँदाका गुण दोषको कुनै जिम्मा लिनु नपर्ने, तर आजका समग्र सङ्कटको जवाफदेही चैँ १९६१ दिनसम्म नेतृत्व गरेका केपी शर्मा ओलीले लिनु पर्ने हो ? कुनै तर्कसङ्गत अभिव्यक्ति छैन।’

अकबर र वीरबलको कथा सुनाउँदै उनले एमालेभन्दा राम्रो, ठूलो र उम्दा पार्टी बनाउन सुझाव दिए। उनले भने, ‘अकबरले कोरेको धर्कोलाई छोटो बनाउन वीरबलले जस्तै त्यसको छेउमा लामो धर्को ताने भइहाल्छ। एमालेभन्दा राम्रो, ठूलो र उम्दा पार्टी बनाए भइगयो त। स्रोता समेत दिक्क हुने गरी कति गाली सप्ताह लगाउनु हुन्छ ?’ 

नेकपाले विराटनगरमा गरेको सन्देश सभामा माधव नेपाल र प्रचण्डले भाषण गर्ने बेलासम्ममा कार्यकर्ता कुर्सि छाड्दै हिँडेका थिए। कुर्सी खाली हुँदै गएपछि नेपालले व्यङ्ग्य गर्दै भनेका थिए, ‘भन्नुपर्ने धेरै कुराहरू पूर्ववक्ता साथीहरूले भन्नुभयो, फेरि भन्न सुरु गरौं भने सामुन्नेमा खाली खुर्सी देख्छु।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.