प्राइम कमर्सियल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत मानन्धरको निधन
काठमाडौं : प्राइम कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन भएको छ । प्रमुख कार्यकारी अधिकृत मानन्धरको ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो।
भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धर राष्ट्रिय धान चामल कारखानाको प्रमुख कार्यकारी,कृषि विकास बैंकको नायब महाप्रबन्धक,धान चामल निर्यात कम्पनीको महाप्रबन्धक बनेका थिए।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता,राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक,लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंकहुँदै प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सेवानिवृत्त भएका थिए।
प्रतिक्रिया दिनुहोस !