सुनको मूल्य बढ्यो, चाँदी घट्यो, यस्तो छ आजको बजार भाउ

सुनको मूल्य बढ्यो, चाँदी घट्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। यसदिन सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले घटेको हो।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ३ हजार  ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक तोला चाँदीको मूल्य ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.