एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष नहुने कानुन ल्याउनुपर्छ : उपाध्यक्ष पाण्डे

एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष नहुने कानुन ल्याउनुपर्छ : उपाध्यक्ष पाण्डे

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष बनाउन नहुने व्यवस्था कानुनमै लेख्नुपर्ने धारणा राखेका छन्। आज बागबजारमा ११ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले पूराना र नयाँ दल दुवैमा समस्या देखिन थालेकाले दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्था हुनुपर्ने बताएका हुन्।

उनले एमालेको महाधिवेशनमा दलभित्रको लोकतान्त्रको विषयमा बहस गर्ने बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको जबज र आफूले भनेको जबज फरक रहेको धारणा राखे। पाण्डेले जबजको प्रष्ट बुझाउन आफूहरु सक्रिय रहेको बताए। उनले नयाँ पुस्ताको बिचमा पार्टी जानुपर्नेमा सीमित नेताको हातबाट पार्टी सञ्चालन भइरहेको आरोप लगाए। 

केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएको बताउँदै उपाध्यक्ष पाण्डेले एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखापर्ने लागेको उल्लेख गरे।

११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा एमालेका नेताहरूमा ध्रुवीकरण बढेको छ। कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई टक्कर दिन संस्थापनइतर पक्षका उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईसहितका पदाधिकारीहरू सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.