election background

प्रतिनिधि सभा निर्वाचन २०८२

दलहरूको उही दम्भ

दलहरूको उही दम्भ

जेन—जी आन्दोलनले भ्रष्टाचारको मात्रै विरोध गरेको थिएन। पुराना पार्टीका पुराना विचार र नेतृत्वमा पनि परिवर्तन खोजेको थियो। तैबिसेक के भने महाधिवेशन गर्न भने एमाले, कांग्रेस तम्सिएका छन्।

साविक माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भने संयोजक पद लिएर चलाखीमात्रै गरेका छन्। उनले न नेतृत्व परिवर्तन चाहने नेतालाई पाखै लगाइदिए। बरु पुरानै झुन्ड बटुलेर नयाँ बोतलमा पुरानै रक्सीको ताल देखाइदिएका छन्। सुशासन चाहेको नयाँ पुस्ताले दलहरूमा परिवर्तन भएमात्रै सुशासन हुने देखेको थियो। राज्यमा परिवर्तनको सुरु बिन्दु दलहरूमा परिवर्तन ठानिएको पनि हो। तर मुख्य दलहरूमा नयाँ पुस्ताले नेतृत्वको अवसर पाउने वा पुस्तान्तरण हुने छेकछन्द छैन। एमाले अध्यक्ष केपी शर्मा ओली फेरि तेहरिन चाहेका छन्। कांग्रेसमा शेरबहादुर देउवाले सभापति छाडे पनि नयाँ पुस्ताका लागि ढोका खुलेको संकेत छैन। 

पुराना नेताहरूले देशका लागि योगदान गरेकै हुन्। आन्दोलनमा अर्थात् प्रजातन्त्रका लागि उनीहरूले जे योगदान गरे, त्यो स्तुत्य नै हो। तर सुशासन दिन वा देशमा थिति बसाउन भने सकेनन्। सत्ता, सत्ता र फेरि पनि सत्ताकै गोलचक्करमा उनीहरू घुमिरहे। त्यसैले आन्दोलनको योगदानको साखमा पनि दाग लगाए। उनीहरूले वि    श्राम लिँदा नै नयाँले अवसर पाउने हो। तर त्यो संकेत नगर्नु भनेको मेरो गोरुको बाह्रै टक्का भन्नु हो। हो, त्यहीचाहिँ जेन—जी आन्दोलनको मर्म थिएन। 

पार्टीका विचारहरू, नीतिहरू पनि परिवर्तित परिस्थितिमा परिवर्तन हुनुपर्ने हो। बरु नेता व्यवस्थापनका लागि विधान परिवर्तन गर्न दलहरू तयार छन्, चुस्त र छरितो कमिटी बनाएर जान तयार छैनन्। त्यो भनेको पश्चगमन नै हो। ठूला र भद्दा कमिटीले काम गर्दैनन् भन्ने पनि विगतको पाठ उनीहरूले सिकेका छैनन्। न नेतृत्वको नियमित र सहज हस्तान्तरण, न नीतिमा परिवर्तन हुने हो भने पार्टीहरूका महाधिवेशन फगत औपचारिकतामा सीमित हुन्छन्। हुन लागेको त्यही छ। यही पारा र शैली हुने हो भने पुराना पार्टीहरूलाई उनीहरू जुन ठाउँलाई सुहाउँछ, त्यहीं पुर्याउने भनेको निर्वाचनले नै हो। जनताले मात्रै उनीहरूलाई थान्को लगाउन सक्ने देखिएको छ। आखिर विज्ञानले भने झै कोही पनि अजम्बरी हुँदैन, न नेता न पार्टी।

कुनै बेलाका ठूला हौं भनेर त्यही भ्रममा बस्दा पुराना दलहरू नयाँबाट प्रतिस्थापित हुन सक्छन्। नयाँकै कुरा गर्ने हो भने रास्वपा सभापति रवि लामिछानेले पनि सहकारी ठगीको अभियोग लाग्दासमेत कुर्ची छाडेका छैनन्। जेलमै बसेर पार्टी चलाइरहेका छन्। यो पुराना दलको रोग उनमा पनि संक्रमित भइसकेको छ। यी यावत् उपक्रमले जनतालाई निराशामात्रै दिएको छ। फेरि अर्काे आन्दोलनलाई निम्ता दिए झै भएको छ। अरू ससाना पार्टी पनि गुट र फुटले ग्रस्त छन्। समग्रमा नेपालका दलहरूले चेतेका छैनन् र चेत्ने प्रयत्नमात्रै पनि गरेका छैनन्। यी सबैलाई गतिलो सबक भने आउने निर्वाचनले नै दिन सक्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.