शिवम् सिमेन्ट्सको दशौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा सभा सम्पन्न भएको हो।
साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।
यसका साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरेको छ।
त्यसैगरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीका आधारभूत शेयरधनी तथा सञ्चालक वा कम्पनीसँग सम्बद्ध रहेको संस्थासँग गरेको कारोबार अनुमोदन गर्ने, १ जना सञ्चालकको नियुक्ति गर्ने र प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।
साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा सहभागि भएका थिए।
प्रतिक्रिया दिनुहोस !