election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ १२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ १८ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १० पैसा र बिक्रीदर ९६ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५४ पैसा र बिक्रीदर चार रुपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८० पैसा र बिक्रीदर नौ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३६  पैसा छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.