election background

प्रतिनिधि सभा निर्वाचन २०८२

कार्यकर्तालाई अब्दुल खाँनले भने– चुनावी गतिविधिमा लाग्नुहोस्

कार्यकर्तालाई अब्दुल खाँनले भने– चुनावी गतिविधिमा लाग्नुहोस्

भैरहवा : नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने)का वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले चुनाव केन्द्रित गतिविधिमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

शुक्रबार भैरहवामा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तरक्रियामा उनले अगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचन हुनेमा कुनै शंका नरहेको चुनाव केन्द्रित गतिविधि गर्न आग्रह गरेका हुन्।

‘जेनजीको आन्दोलन पश्चात् गठन सरकारको म्याण्डेट नै चुनाव सम्पन्न गराउने हो। नेकपा एमाले पनि निर्वाचनमा सहभागी हुनका लागि तयारीका साथ दल दर्ता लगायतको प्रक्रिया पुरा गरेको अवस्था छ’,उनले भने, ‘केही दिन तलमाथि हुन सक्छ। तर चुनाव निश्चित हुन्छ। जेनजी आन्दोलनको निष्कर्ष पनि चुनाव नै हो।’  

उनले जेनजी आन्दोलन विशुद्ध सुशासन, विकासका लागि भएको र परिवर्तनका लागि निर्वाचन अपरिहार्य रहेको बताए। तर पुनः  पुराना नेतालाई नै मतदान गर्नु रगत बगाएका जेनजीमाथि धोका हुने टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.