election background

प्रतिनिधि सभा निर्वाचन २०८२

बर्दियाबाट आरजु राणा देउवाको नाम सिफारिस

बर्दियाबाट आरजु राणा देउवाको नाम सिफारिस

गुलरिया : प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएको हो।

यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ बर्दियाबाट आगामी फागुन २१ गते हुने प्रत्यक्षतर्फको निर्वाचनका लागि पूर्वसिंचाई मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमको नाम र समानुपातिकतर्फ निवर्तमान पार्टी उपसभापति मिश्रीलाल यादवको नाम सिफारिस गरिएको छ। यस्तै माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस बर्दियाका पार्टी सभापति अरुण प्रकाश सिंह राठौरको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ।  

प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति बर्दियाको मंसिर २३ गते बसेको कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो। 

संघीय निर्वाचन क्षेत्र नम्बर १ बर्दियाका लागि प्रत्यक्षतर्फ  गौतम, रत्ना थारु, महेन्द्र कुमार शर्मा र गंगाधर पौडेलको नाम सिफारिस गरेको कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति बर्दियाका सभापति मुक्तिनाथ यादवले बताए। 

त्यस्तै कांग्रेसले बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट खुलातर्फ देउवासहित किशोर सिंह राठौर, अरुणप्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे, मिनराज चौधरी, प्रशुराम चौधरी, मकर बहादुर सिजापति, रामचन्द्र थापा, विद्या प्रसाद खनाल र दीपक भण्डारीको नाम सिफारिस गरेको कांग्रेस बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति दीपक जंग शाहले जानकारी दिए।
  

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.