नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदी पक्राउ, नोबेल समितिले के भन्यो ?
काठमाडौं : इरानी सुरक्षा बलले नोबेल शान्ति पुरस्कार विजेता तथा महिला अधिकारकर्मी नर्गेस मोहम्मदीलाई "हिंसात्मक रूपमा गिरफ्तार" गरेको उनको फाउन्डेसनले जनाएको छ। नरगिस फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई पूर्वी इरानी शहर मशहदबाट अन्य कार्यकर्तासँगै पक्राउ गरिएको थियो।
नोबेल समितिले नरगिस मोहम्मदीको गिरफ्तारीबाट गहिरो चिन्तित भएको बताएको छ। समितिले मोहम्मदीलाई कहाँ राखिएको छ भन्ने बारेमा जानकारी प्रदान गर्न, सुरक्षा र मर्यादा सुनिश्चित गर्न तथा बिना शर्त रिहा गर्न अधिकारीहरूसँगआग्रह गरेको छ। यस विषयमा इरानी सरकारको तर्फबाट कुनै टिप्पणी आएको छैन।
इरानमा महिलामाथि हुने उत्पीडनविरुद्धको संघर्ष र मानव अधिकारको प्रवर्द्धन गरेकोमा मोहम्मदीलाई २०२३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। डिसेम्बर २०२४ मा उनलाई चिकित्सा आधारमा जेलबाट तीन हप्ताको अस्थायी रिहाइ दिइएको थियो। उनी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा थुनामा थिइन्। मोहम्मदीले धेरै सजाय भोगिरहेकी छन्।
प्रतिक्रिया दिनुहोस !