एमालेमय बन्यो सल्लाघारी (फोटोफिचर)
काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनस्थल एमालेमय भएको छ। एमालेको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन्। भक्तपुरको सल्लाघारीमा भएको उद्घाटन समारोहमा अध्यक्ष ओलीले रिमोटबाट झण्डोत्तोलन गर्दै राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका हुन्।
पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराइएको छ। भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ ।
आज देशभरबाट प्रतिनिधि र नेता-कार्यकर्ता धमाधम काठमाडौं आइरहेका छन्। महाधिवेशन उद्घाटन समारोहस्थल भक्तपुरको सल्लाघारी सहभागीहरूले भरिएको छ। काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघरमा र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको हो। जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ लगायतका स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ।
उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको थियो । ११ औं महाधिवेशनमा २ हजार २६२ प्रतिनिधि हुनेछन्। वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने भएकाले १०८ जना मनोनीत हुनेछन्। यससँगै ३०९ जना केन्द्रीय सल्लाहकार समेत गरी कुल प्रतिनिधि सहभागी संख्या २ हजार ५ सय ७१ हुनेछ।
तस्बिर : सुनिता डंगोल/ अभिषेक महर्जन


















प्रतिक्रिया दिनुहोस !