पावरप्लेमै लुम्बिनी जित नजिक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधिका लागि ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले २ विकेट गुमाउँदै ७२ रन बनाएको हो।
त्रिवि क्रिकेट मैदानमा टस जितेको सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेमा आक्रामक खेल्यो।
ओपनरद्वय दिनेश अधिकारीले ४२ रन बनाए। डार्सी सर्ट १४ रनमा बोल्ड भए।
६ ओभरको खेल सकिँदा निरोशन डिकवेला ६ र रोहित पौडेल ८ रनमा अविजित खेलिरहेका छन्
सुदूरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !