लुम्बिनीले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम स्तब्ध

लुम्बिनीले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम स्तब्ध
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। सुदूरपश्चिम रोयल्स भने लगातार दोस्रो पटक उपविजेतामा सिमित बनेको हो। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रन बनाउँदै अलआउट भएको थियो। यो एनपीएलमा हालसम्म पहिलो इनिङ्समा बनेको सबैभन्दा कम रन थियो। 

सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ९ ओभरमा ४ विकेट गुमाउँदै  ८६ रनको लक्ष्य पूरा गरे।

लुम्बिनी लायन्सका लागि ओपनर ब्याटर दिनेश अधिकारीले आक्रामक पारी खेले। उनले १३ बलमा १ चौका र ५ छक्का प्रहार गरे। डार्सी सर्ट १४ रनमा हेमन्त धामीको बलमा बोल्ड भए। तेस्रो विकेटको रूपमा रोहित कुमार पौडेल १६ रनमा क्याच भए। चौथो विकेटको रूपमा सन्दीप जोरा डकआउट भए। 

निरोशन डिकवेला १६ र दिलिप नाथ १ रनमा अविजित रहँदै उपाधि जिते। 

सुदूरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ विकेट र अभिनाश बोहोरा र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए। 

त्यसअघि, ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि ओपनर ब्याटर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। उनले ५१ बलमा १ चौका प्रहार गरे। ओपनर विनोद भण्डारी डकआउट हुँदा सेल्डन ज्यान्क्सनले १ रन बनाउँदै ट्रम्पलमेनको हातबाट एलबीडब्ल्यू भए। 

आरिफ शेखले ६ रन बनाए। कप्तान दीपेन्द्र सिंह ऐरी १३ रनमा क्याच भए। उनलाई लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले रुबेन ट्रम्पलमेनको हातमा क्याच गराए। १०.५ ओभरमा दीपक बोहरा र १०.६ ओभरमा पुनित मेहरालाई डक बनाउँदै रोहितले व्याक्तिगत ह्याट्रिक पूरा गरे। यो एनपीएलको समग्रमा दोस्रो ह्याट्रिक हो। 

यसअघि यही सिजनमा काठमान्डु गोर्खाजका स्पिनर साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिक सहित ६ विकेट लिएका थिए। 

हर्मित सिंह र स्कट केगुइलिनले समान १०÷१० रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 
हेमन्त धामी ७ रनमा अविजित रहे। अभिनास बोहोरा १ रनमा अन्तिम विकेटको रूपमा क्याच भए। 

लुम्बिनी लायन्सको बलिङमा कप्तान रोहित पौडेल, रुबेन ट्रम्पलमेन र शेर मल्लले समान ३–३ विकेट लिए। तिलक राज भण्डारीले १ विकेट लिए। 

लिग चरणमा उत्कृष्ट हुँदै पहिलो क्वालिफायरमा पनि जितसहित फाइनल खेलेको सुदूरपश्चिमले फाइनलमा भने सोचेअनुरुपको प्रदर्शन दिन सकेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.