मेस्सी बाहिरिएपछि समर्थकद्वारा रंगशालामा तोडफोड

मेस्सी बाहिरिएपछि समर्थकद्वारा रंगशालामा तोडफोड

नयाँ दिल्ली (एजेन्सी) : भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले एक्कासि रंगशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन्।

अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बंगालमा पुगेका थिए। मेस्सीको जर्सी लगाएका र अर्जेन्टिनी झन्डा फहराउँदै राज्यको राजधानी कोलकातास्थित साल्टलेक रंगशालामा खचाखच भरिएका हजारौं समर्थकले मेस्सीलाई प्रत्यक्ष धितमर्ने गरी हेर्न नपाएकोमा गुनासोसमेत गरेका थिए।

मेस्सीले समर्थकको आतिथ्यताका लागि हात हल्लाउँदै मैदानको वरिपरि घुमेर अपेक्षा गरिएको समयभन्दा पहिले नै स्टेडियमबाट बाहिरिएको रंगशालामा पुगेका दर्शकहरूले बताए। टिकटका लागि १०० अमेरिकी डलरभन्दा बढी तिरेका निराश प्रशंसकहरूले आवेगमा रंगशालाका सिटहरू च्यातेका थिए र पानीका बोतलहरू ट्याकमा फ्याँकेका थिए भने केहीले मैदानमा प्रवेश गरी ब्यानर र पालहरू तोडफोड गरेका थिए।

‘मेस्सीलाई प्रत्यक्ष हेर्नु मेरा लागि खुसीको कुरा हो, सपना हो। तर, रंगशालाको अव्यवस्थाका कारण एक झलक हेर्ने मौका गुमाएको छु,’ ३७ वर्षीय व्यवसायी नवीन चटर्जीले भने। तोडफोड सुरु हुनुअघि मेस्सीले २१ मिटरको विश्वकपमा अग्लो देखाइएको आफ्नै सालिक अनावरण गरेका थिए। उनले स्टेडियममा छोटो प्रदर्शनी खेल पनि खेल्ने अपेक्षा प्रसंशकहरूले गरेका थिए।

अर्का एक प्रशंसकले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) सँग मानिसहरूले मेस्सीलाई हेर्नको लागि ‘एक महिनाको तलब’ खर्च गरेका बताए। ‘मैले टिकटका लागि ५५ हजार रुपैयाँ तिरेको थिएँ र मेरो छोरासँग मेस्सी हेर्न आएको थिएँ, राजनीतिज्ञ होइन। प्रहरी र सेनाका जवानले उनीसँग सेल्फी खिचिरहेका थिए र यसको दोष व्यवस्थापनको हो,’ पीटीआईले दर्शकमध्येका एक अजय शाहलाई उद्धृत गरी लेखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.