एक तोला सुनको मूल्य २ लाख ५८ हजार नाघ्यो
काठमाडौं : नेपाली बजारमा एकतोला सुनको भाउ २ लाख ५८ हजार नाघेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५८ हजार ८०० कायम भएको छ।
अघिल्लो साताको अन्तिम दिन शुक्रबार ३ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५६ हजार ६०० पुगेको थियो।
चाँदीको भाउ भने गत शुक्रबारको तुलनामा घटेको छ। आज ८० रुपैयाँले घटेर प्रतितोला चाँदी ३ हजार ८२५ रुपैयाँ पुगेको छ। शुक्रबार सोही परिमाणको चाँदी ३ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !