एमालेको राष्ट्रिय महाधिवेशन
विधान संशोधन गर्ने केन्द्रीय कमिटीको निर्णय, पदाधिकारी र केन्द्रीय कमिटीको संख्या पुरानै कायम
काठमाडौं : नेकपा एमालेले पार्टी केन्द्रीय कमिटीले विधान संशोधन गर्ने निर्णय गरेको छ । ११ औँ महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि आज बसेको केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३५१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा अध्यक्ष ओलीले विधान संशोधनको प्रस्ताव बहुमत सदस्यले स्वीकृत गरेको हो। उनका अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७ सदस्य रहनेछन्। यसैगरी स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, केन्द्रीय कमिटी ३०१ नै रहनेछ। तर, यसमा भने छलफल चलिरहेको छ।
विधान सम्मेलनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित १५ सदस्य रहेको पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस !