election background

प्रतिनिधि सभा निर्वाचन २०८२

तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व : राष्ट्रियसभा अध्यक्ष

तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय संसद सेवा दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विगत २४ वर्षदेखि निरन्तर संसदको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको भन्दै आगामी दिनमा संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

विगतका गतिविधिलाई समिक्षा गर्दै संसदलाई आगामी दिनमा जनताले विश्वास गर्ने थलोका रुपमा प्रभावकारी रुपमा अघि बढाउनुपर्ने उनले बताए । उनले देशमा व्यापक भ्रष्टाचार छ भन्ने भाष्य बन्दै गएको भन्दै व्यवस्थापिका,कार्यपालिका,न्यायपालिकालगायत निजामती कर्मचारी,सुरक्षा निकाय,राजनीतिक दललगायत सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको धारणा राखे।

समयमै भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित चुनाव गराउने दायित्व सरकारको रहेकाले सरकारलाई सहयोग गर्नु सबैको दायित्व भएको उनको भनाइ छ । अध्यक्ष दाहालले प्रचलित केही ऐनहरू संशोधन वा एकीकृत नभएका कारण कर्मचारीहरूको वृति विकासका साथै थप उन्नत सिप, ज्ञान निपूणताको लागि पनि कमजोरी देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । कार्यक्रममा संघीय संसदका केहि कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.