एमालेमा सर्वसम्मति नेतृत्व चयन नभए मंगलबार मतदान

एमालेमा सर्वसम्मति नेतृत्व चयन नभए मंगलबार मतदान

काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरू भएको छ। भृकुटीमण्डपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशनको बन्द सत्र सुरू गरेका हुन्।   

बन्द सत्रमा सर्वसम्मति नेतृत्व चयनका लागि प्रायशः गरिने छ। सर्वसम्मतिमा नेतृत्व चयन नभएमा मंगलबार मतदान हुने जनाइएको छ। एमालेको निर्वाचन आयोगको प्रस्तावमा मंगलबार विद्युतीय मेसिनबाट मतदान हुने जनाइएको छ। 

बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधि सहभागी छन्। यस्तै अध्यक्षका प्रत्याशी ईश्वर पोखरेलले पनि सम्बोधन गर्नेछन्। ओली र पोखरेलको सम्बोधनपछि केन्द्रीय कमिटी बैठकका निर्णय अनुमोदनसहित निर्वाचनसम्बन्धी कार्यतालिका पेस हुनेछ।

यसअघि आइतबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीको संख्या परिवर्तन गरेको थियो। बैठकले वरिष्ठ उपाध्यक्ष र एक उपाध्यक्ष पद हटाएर सचिवको संख्या थप गर्दै १९ पदाधिकारीसहित ३५१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधन प्रस्ताव गर्ने निर्णय गरेको थियो।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.