विघटित प्रतिनिधिसभाको अर्थ समिति सभापति चालिसेविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

विघटित प्रतिनिधिसभाको अर्थ समिति सभापति चालिसेविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विघटित प्रतिनिधिसभाको अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद चालिसेविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको छ। आयोगले सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजायको माग गरिएको  आरोप -पत्रमा उल्लेख छ।

चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर समेत हुन्।

चालिसे  २०७४ जेठ ८ गते मेयर पदमा निर्वाचित भएका थिए। सार्वजनिक  पदमा प्रवेश गरेदेखि २०७९ असार ३२ गतेसम्मको जाँच अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्ति आय भन्दा व्यय बढी देखिएको अख्तियारको ठहर छ।

सोही अवधिमा चालिसे र उनको परिवारको नाममा रहेको सम्पत्तिमध्ये ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोप छ। 

सार्वजनिक पद धारण गरेको अवधिमा विभिन्न शीर्षकमा खर्च तथा लगानी गरेको ८ करोड ५६ लाख ४३ हजार ५९५ बराबरको सम्पत्तिमध्ये ३ करोड ३८ लाख ४७ हजार ७६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको ठहर छ।

अख्तियारले चालिसेको पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमीला पोखरेललाई प्रतिवादी बनाएको छ। उनीहरूको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न समेत माग गरेको आरोप पत्रमा उल्लेख छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.