एमालेमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्द सत्रबाट पारित

एमालेमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्द सत्रबाट पारित

काठमाडौं : नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ। महाधिवेशन अन्तर्गतको बन्दसत्रले केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी-जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी संरचना तय गरेको महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले जानकारी दिइन्। 

प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।

प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहने अर्यालले बताइन्। त्यसैगरी, खुला कोटामा ७१ जना, ५२ जना महिला र २ जना युवा समावेश गरिएको उनले बताइन्।

बन्दसत्रले विधान संशोधन प्रस्तावलाई पारित गरेको उनले जानकारी दिइन्। बन्दसत्रले माइन्युट कमिटी, प्रस्ताव कमिटी पनि गठन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.