अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु, दर्जनौं घाइते

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं  : सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । 

आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको पुष्टि गरेको छ । सामूहिक गोलीकाण्डमा ४० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । साँझ करिब ७ बजेतिर अतिनै लोकप्रिय समुद्रीतटमा २ जना बन्दुकधारीले एक्कासि गोली चलाएका थिए । घटनास्थलबाट प्राप्त भिडियो फुटेजमा उनीहरू क्याम्पबेल परेडको दक्षिणी छेउमा रहेको पैदल पुलबाट गोली चलाइरहेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले धेरै मानिसलाई गोली लागेको पुष्टि गरेको छ । 

घटनास्थलमा २५ भन्दा बढी आपतकालीन स्रोत परिचालन गरिएका छन् । जसमा चिकित्सक टोली, एम्बुलेन्स, हेलिकप्टर र विशेष अपरेसन युनिटहरू समावेश छन् । प्रहरीले ठूलो संख्यामा रहेका मानिसहरूमाथि आक्रमण गर्नेहरूले पुलमा विस्फोटक पदार्थ लुकाएको आशंका व्यक्त गरेको छ । जुन बम हुन सक्ने अनुमान गर्दै सुरक्षाकर्मीहरूले खोजी भइरहेको जनाएका छन् । बन्दुकधारीमध्ये १ जनाको पहिचान भएको छ । उनी सिड्नीको दक्षिण–पश्चिमी क्षेत्र बोनिरिग निवासी व्यक्ति भएको बताइएको छ । 

घाइतेमा साना बालबालिका पनि रहेको बताइएको छ । सुरक्षा अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न वा आश्रय लिन आग्रह गरेका छन् । घाइतेहरूले बोन्डाइ बीचमा भएको सामूहिक गोलीकाण्डलाई ‘रक्तपात युक्त नरसंहार’ को प्रयास भनेका छन् । ‘म यहाँ मेरो परिवारसँग आएको थिएँ । यहाँ हानुक्का पर्वको उत्सव थियो । सयौं मानिस थिए । बालबालिका, वृद्धहरू, परिवारहरू रमाइरहेका थिए,’ त्यति बेलै गोली प्रहार भयो’ १ 
घाइतेले बताए । 

गोलीकाण्डपछि सर्वसाधारणको भागदौड मच्चिएको थियो । स्थिति अराजकतामा परिणत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । चारैतिर गोलीको आवाज सुनिएकाले मानिसहरू भाग्दै लुक्न खोज्दै थिए । क्याम्पबेल परेडमा रहेको एउटा कारभित्र फेला परेका आकस्मिक रूपमा बनाइएका विस्फोटक उपकरणलाई बम डिस्पोजल दस्ताका विशेषज्ञहरूले सुरक्षित रूपमा हटाइसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि अस्पतालहरूमा पुर्‍याइएको छ । दुई जना प्रहरी पनि घाइते छन् । कम्तीमा ४० जना घाइतेलाई अस्पताल लगिएको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । भयावह युक्त घटनाबारे संघीय प्रहरीले प्रधानमन्त्रीलाई जानकारी गराए लगत्तै राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाइएको छ । साँझसम्म आक्रमणको लक्ष्य वा उद्देश्यबारे स्पष्ट जानकारी छैन । 

प्रधानमन्त्री एन्थोनी अल्बानीजले बोन्डाइ बीचमा भएको आक्रमण पीडादायी भएको बताएका छन् । ‘बोन्डाइका दृश्यहरू अत्यन्तै स्तब्ध पार्ने र पीडादायी छन् । प्रहरी र आपतकालीन सेवाहरू घटनास्थलमा ज्यान बचाउन अथक रूपमा काम गरिरहेका छन् । यस घटनाबाट प्रभावित प्रत्येक व्यक्तिप्रति मेरो गहिरो समवेदना छ’, प्रधानमन्त्री अल्बानीजले भने, ‘मैले संघीय प्रहरीका आयुक्त र न्यू साउथ वेल्सका मुख्यमन्त्रीसँग कुरा गरिसकेको छु । हामी प्रहरीसँग नजिकबाट समन्वय गरेर काम गरिरहेका छौं ।’

प्रधानमन्त्री अल्बानीजले बोन्डाइ बीचमा गरिएको आक्रमणलाई ‘कल्पनाभन्दा बाहिरको दुष्टता’ भनेका छन् । अल्बानेजले आक्रमणकारीहरूलाई ‘कायर’ को संज्ञा दिएका छन् र राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको र यस घटनालाई आतंकवादी आक्रमणको रूपमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन् । ‘यो हानुक्काको पहिलो दिनमा यहुदी अस्ट्रेलियालीहरूलाई लक्षित गरी गरिएको आक्रमण हो, जुन दिन खुसी र आस्थाको उत्सवको दिन हुनुपर्ने थियो,’ अल्बानेजले भने ।
आक्रमण ‘यहुदीविरोधी दुष्टता र आतंकवाद हो जसले हाम्रो राष्ट्रको मुटुमा प्रहार गरेको छ । यहुदी अस्ट्रेलियालीहरूमाथि गरिएको आक्रमण भनेको हरेक अस्ट्रेलियालीमाथि गरिएको आक्रमण हो ।  

आइतबार राति हरेक अस्ट्रेलियाली, म जस्तै, हाम्रो जीवनशैलीमाथि भएको यस आक्रमणबाट स्तब्ध हुनेछ ।’ उनले भने, ‘हाम्रो राष्ट्रमा यस्तो घृणा, हिंसा र आतंकवादका लागि कुनै स्थान छैन ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.