भृकुटीमण्डपमा टेन्ट टाँगेर बन्दसत्र

एमालेमा शीर्ष नेताबिच सहमतिका लागि प्रयास जारी, आजै उम्मेदवारी दर्ता हुने

एमालेमा शीर्ष नेताबिच सहमतिका लागि प्रयास जारी, आजै उम्मेदवारी दर्ता हुने

काठमाडौं : नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमतिका लागि नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेता र महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनतर्फ केन्द्रित हुन थालेका हुन्।

भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोह गरेको एमालेले भृकुटीमण्डपमा टेन्ट टाँगेर बन्दसत्र सञ्चालन गरिरहेको छ।

आइतबार भृकुटी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूको सुझावअनुसार सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरिने जानकारी दिए। अध्यक्ष ओलीले पार्टीभित्र चलिरहेको बहसलाई विवादको रूपमा चित्रण गर्दै विरोधी शक्तिले फैलाएको प्रचार अफवाह चिर्न लागि पर्नुपर्ने धारणा राखेका थिए। उनका अनुसार नेतृत्व चयनका लागि सहमति नभए लोकतान्त्रिक पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने र एमालेको विगतदेखिको अभ्यास रहेको धारणा राखे।

उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सहमतिको खाका ल्याउन आग्रह गरिसकेको एक पदाधिकारीले जानकारी दिए। यद्यपी एमालेभित्र प्रतिनिधि चयनमा नै गुट देखा परेकाले यसपटक नेतृत्व चयनका लागि एमालेमा निर्वाचन हुने सम्भावना बढ्दै गएको छ। अध्यक्ष ओलीले नेतृत्व गरेको संस्थापन र पोखरेलले नेतृत्व गरेको इतर समूहबीचमा अस्वस्थ टकराव बढेको छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचन हुने सम्भावना छ। आ-आफ्ना समूहका नेताहरुले पनि सहमतिका लागि छलफल तिब्र पारेका छन्। कतिपय महाधिवेशन प्रतिनिधिले भने प्यानल बनाएर निर्वाचन लड्न दिन नहुने सुझाव दिएका छन्।

कति पदमा हुँदैछ निर्वाचन ?
एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले पुरानै संरचना फर्काएको छ। विधान महाधिवेशनले १५ जना पदाधिकारीसहित २५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेपनि केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको बन्दसत्रको हलले १९ सदस्यीय पदाधिकारी र केन्द्रीय समिति ३ सय १ सदस्यीय बनाउने निर्णय गरेको छ। 

अध्यक्ष १,उपाध्यक्ष ५,महासचिव १,उपमहासचिव ३,सचिव ९ सहित १९ पदाधिकारी बनाउने निर्णय केन्द्रीय समितिले गरेको र सोही प्रस्ताव बन्दसत्रको हलले सर्वसम्मत पारित गरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए। उनका अनुसार पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी, पोलिटब्युरो सदस्य ९९ जना र पदाधिकारीसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने गरी बन्दसत्र हलले पारित गरेको छ। संगठन विभाग सचिव ढुंगेलले यो संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको बताए।

महासचिव शंकर पोखरेलल‍े बन्द सत्रमा पेश गरेको संरचना अनुसार महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपांगता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ। प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुल्ला, ३ जना महिला र १ जना युवा रहनेछन्। खुल्ला कोटाबाट १ सय २५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। उक्त कोटामा ७१ जना खुल्ला, ५२ जना महिला र २ जना युवा समावेश गरिएका छन्।

समावेशी संरचनाअन्तर्गत आदिवासी–जनजातिबाट २५ जना (खुल्ला १५, महिला ८, युवा २) निर्वाचित हुने व्यवस्था गरिएको छ। त्यस्तै मधेसीबाट १९ जना (खुल्ला ११, महिला ६, युवा २), दलितबाट १२ जना (खुल्ला ७, महिला ४, युवा १), थारु समुदायबाट ८ जना (खुल्ला ५, महिला ३), मुस्लिम समुदायबाट ५ जना (खुल्ला ४, महिला १) प्रवासतर्फ भारतबाट १ र अन्य देशबाट १ गरी २ जना, श्रमिकबाट ३ जना (खुल्ला २, महिला १), अपांगता भएका व्यक्तिबाट १ जना, पिछडिएको क्षेत्रबाट २ जना (खुल्ला १, महिला १), सम्पर्क समन्वय कमिटीबाट २ जना (खुल्ला १, महिला १) निर्वाचित हुने छन्। 

यस्तो छ निर्वाचन कार्यतालिका

केन्द्रीय निर्वाचन आयोगले आइतबार ७ बजेदेखि मंगलबारसम्मको कार्यतालिका सार्वजनिक गरेको हो। मंसिर २९ गतेसम्मका लागि महाधिवेशन मिति तय गरिए पनि निर्वाचन आयोगले एक दिन थपेको हो।

पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ। आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ। 

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानविन बिहान १० बजेसम्ममा सकिने। १०:१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। 

आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दैछ। ‘मतदाता नामावलीको दाबी विरोधमा छानविन हुँदै गर्छ।उम्मेदवारीको फारम पनि वितरण गर्दै गर्छौं’ आयोगका प्रमुख सुब्बाले भने ‘उम्मेदवारी दर्ता बिहान १०:३० बजेदेखि दिउसो १:३० बजेसम्ममा सकिनेछ।’

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २:३० बजे हुनेछ। उम्मेदवारका विरुद्ध उजुरी दिने समय २:३० बजेदेखि आधा घण्टालाई राखिएको छ। उम्मेदवार विरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ। 

महाधिवेशनमा २२६३ जनाले मतदान गर्न पाउनेछन्। महाधिवेशनमा मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी गरेको छ। 

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.