काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको बिहान ९ बजे आकस्मिक बैठक बस्न लागेको मुख्यसचिव कृष्ण पौडेलले दिए।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशन दिइएको छ।
बैठकमा महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !