election background

प्रतिनिधि सभा निर्वाचन २०८२

३ वर्ष बित्दा पनि सञ्चालनमा आएन च्यांग्रा स्रोत केन्द्र

३ वर्ष बित्दा पनि सञ्चालनमा आएन च्यांग्रा स्रोत केन्द्र

मुगु : कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित मुगुम कार्मारोङ गाउँपालिका–१ पिप्लेडीमा निर्माण गरिएको च्यांग्रा स्रोत केन्द्र तीन वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको ९४ लाख र मुगुम कार्मारोङ गाउँपालिकाको २२ लाख गरी कुल १ करोड १६ लाख रुपैयाँ लागतमा सुरु गरिएको उक्त स्रोत केन्द्रको भौतिक संरचना २०७९ सालमै निर्माण सम्पन्न भइसकेको भए पनि आवश्यक बजेट व्यवस्थापन नहुँदा सञ्चालनमा ल्याउन सकिएको छैन । यस स्रोत केन्द्रमार्फत च्यांग्राको बिउ पँुजी उत्पादन गरी मुगुम कार्मारोङ गाउँपालिका–१ देखि ८ नम्बर वडासम्मका च्यांग्रा पालक कृषकलाई वितरण गर्ने तथा बाँकी बिउ पुँजी अन्य जिल्लामा विस्तार गर्ने लक्ष्य राखिएको थियो । तर, निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि प्रदेश सरकारले सञ्चालन तथा व्यवस्थापनका लागि बजेट सुनिश्चित नगर्दा यो केन्द्रका भवन प्रयोगविहीन बनेका छन् ।

मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार ठूलो रकम खर्चेर च्यांग्राका लागि दुई भवन, घेरबारलगायत भौतिक पूर्वाधार निर्माण भइसकेका छन् । यदि समयमै च्यांग्रा खरिद, प्राविधिक उपकरण तथा आवश्यक व्यवस्थापन गरिएको भए तीन वर्षमै च्यांग्रा उत्पादन सुरु भइसकेको हुन्थ्यो । 

उनले भने, तर अहिलेसम्म यसको कुनै सुनुवाइ हुन सकेको छैन । भेटेरिनरी अस्पताल मुगुका कार्यालय प्रमुख भीमचन्द्र बुढाका अनुसार भवन निर्माण भए पनि यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा स्पष्टता नहुँदा समस्या उत्पन्न भएको हो । यसको मुख्य उद्देश्य सरकार, सहकारी र समुदायको साझा सहभागिता हो । उनले भने, तर तीनै निकाय जिम्मेवारीबारे नबोल्दा स्रोत केन्द्र यस्तो अवस्थामा पुगेको हो । बुढाका अनुसार २०७९ सालमै केन्द्रको करिब ९५ प्रतिशत भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसकेको थियो । 

समयमै बजेट व्यवस्था भएको भए हालसम्म च्यांग्रा उत्पादन वृद्धि भई कृषकको हातमा पुगिसकेको हुने उनको भनाइ छ । उनले चालु आर्थिक वर्षमा केही बजेट व्यवस्थापन भएको र बाँकी कामका लागि प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिए ।

मुगुम कार्मारोङ गाउँपालिका विशेषगरी मासुजन्य पशुपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । च्यांग्रा उत्पादनको राम्रो सम्भावना रहेकाले स्रोत केन्द्र स्थापना सकारात्मक भए पनि लामो समयसम्म थप व्यवस्थापनमा प्रदेश सरकारको चासो नदेखिँदा स्थानीय च्यांग्रा पालक कृषक निराश बनेका छन् । मुगुम कार्मारोङ गाउँपालिका–५ का पेमा लामाले स्रोत केन्द्र सञ्चालनमा ढिलाइ हुँदा कृषकमा नैराश्यता बढेको बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.