election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अमेरिकी चेतावनीपछि इरानले रोक्यो मृत्युदण्ड

अमेरिकी चेतावनीपछि इरानले रोक्यो मृत्युदण्ड

काठमाडौं : अमेरिकी चेतावनीपछि इरानले मृत्युदण्ड रोकेको छ।  इरानको न्यायपालिकाले इरफान सोल्तानीलाई मृत्युदण्ड नदिएको बताएको छ।

राज्य सञ्चालित इरानी प्रसारण एजेन्सीले न्यायपालिकालाई उद्धृत गर्दै भनेको छ, "इरफान सोल्तानीलाई जनवरी १० मा अशान्तिको समयमा पक्राउ गरिएको थियो। उनीमाथि देशको आन्तरिक सुरक्षाविरुद्ध भेला भएको, षड्यन्त्र गरेको र शासनविरुद्ध प्रचार गतिविधि गरेको आरोप छ।"

रिपोर्टमा उनी हाल कारज केन्द्रीय कारागारमा रहेको भनिएको छ।

बीबीसी फारसीका अनुसार न्यायपालिकाले थप भन्यो, "यदि अभियोजन पक्षले आफ्ना आरोपहरू प्रमाणित गर्छ र सक्षम अदालतले कानुनी फैसला सुनाउँछ भने कानुनी सजाय कारावास हो। कानूनले यी आरोपका लागि मृत्युदण्डको व्यवस्था गर्दैन।"

यसअघि इरफान सुल्तानीका एक आफन्तले बीबीसी फारसीलाई बताएअनुसार उनलाई दुई दिनभित्रै अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।

परिवारलाई जनवरी १४ मा नै यसबारे जानकारी दिइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले कुनै पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दियो भने अमेरिकाले त्यसविरुद्ध धेरै कडा कारबाही गर्ने चेतावनी दिएका थिए।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.