election background

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्वाचन प्रहरीमा आकर्षण घट्यो, माग संख्या भन्दा कमको आवेदन

निर्वाचन प्रहरीमा आकर्षण घट्यो, माग संख्या भन्दा कमको आवेदन
सुन्नुहोस्

गोरखा : गोरखामा निर्वाचन प्रहरीमा भर्ना हुनेको आकर्षण घटेको पाइएको छ। आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि आह्वान गरिएको निर्वाचन प्रहरी भर्नामा माग भए जति आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 

गत पुस २५ गते जिल्ला प्रहरी कार्यालय गोरखाले सूचना प्रकाशित गर्दै २२८३ जना प्रहरी भर्ना गर्ने जनाएको थियो तर फर्म भर्ने अन्तिम दिन माघ १ गतेसम्म जम्मा १७२२ जनाको मात्र आवेदन परेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार आवश्यकभन्दा ५६१ जना कमको आवेदन परेको हो। आवश्यक भन्दा धेरैको आवेदन परेमा प्रतिस्पर्धा गरेर योग्यत्तमलाई छनौट गर्ने प्रावधान भए पनि अहिले आवश्यक पर्ने जति पनि आवेदन नपर्नु दुःखद भएको प्रहरीको भनाइ छ। 

माग भए जति पनि आवेदन नपरेपछि आवेदन फर्म भर्ने म्याद दुई दिन थप गरेको प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए। ‘खै कसरी आकर्षण कम भयो कुन्नि ? माग भए जति पनि आवेदन परेन त्यसैले अब आवेदन फर्म भर्ने म्याद दुई दिन थप गरेका छौँ।’ देशभरि यस्तै समस्या भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.