election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अर्घाखाँची निर्वाचन प्रहरीमा माग संख्याभन्दा कम आवेदन, दुई दिन म्याद थप

अर्घाखाँची निर्वाचन प्रहरीमा माग संख्याभन्दा कम आवेदन, दुई दिन म्याद थप
सुन्नुहोस्

अर्घाखाँची :  अर्घाखाँचीमा निर्वाचन प्रहरीमा माग संख्या भन्दा कम आवेदन परेको छ। 

आउँदो फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आह्वान गरिएको निर्वाचन प्रहरी भर्नामा माग भए जति आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले २ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसिले बताए।

निर्वाचन प्रहरी कुल १२ सय ६५ जनाका लागि माग भए पनि १ गतेसम्म ९ सय ४५ जनाले मात्र आवेदन राखेपछि आज र भोलिका लागि म्याद थप गरिएको हो। विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना हुने युवाहरूको आकर्षण बढी भएपनि अहिलेको निर्वाचनमा आकर्षण घटेको हो। 

निर्वाचन प्रहरीमा भर्ना हुनेले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सन्धिखर्क, सन्धिखर्क सशस्त्र प्रहरी बल नेपाल ३६ नम्बर गुल्म लदाम, इलाका प्रहरी कार्यालय ठाडा र इलाका प्रहरी कार्यालय खनमा फारा भर्न सक्ने व्यवस्था छ। हालसम्म ८ सयको आवेदन परेकाले पुनः आज र भोलीको म्याद थपिएको सूचना अधिकारी झलक शर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.