election background

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसको फुटले निर्वाचनलाई कुनै असर गर्दैन, मैले टिकट वितरण सुरु गरिसके : प्रचण्ड

कांग्रेसको फुटले निर्वाचनलाई कुनै असर गर्दैन, मैले टिकट वितरण सुरु गरिसके : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताएका छन्।  

शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताएका हुन्। निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैका लागि राम्रो नभएको उनको भनाइ छ। 

प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोग लगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गरे।

सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन प्रचण्डले आग्रह गरे। उनले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फ टिकट वितरण सुरु गरिसकेको बताए।

प्रचण्डले अहिलेको अवस्थामा निर्वाचन बाहेक अरू कुनै विकल्प नभएको भन्दै अन्य विकल्पमा सोच्न थालिए दुर्घटना निम्त्याउने कारक बन्न सक्ने धारणा राखे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.