शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले मन्त्री पुनले राजीनामा दिएको जानकारी दिए।
खनालले भने, 'महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो।'
यस अगाडि प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बनेको वर्तमान सरकारका उर्जामन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षा मन्त्री महावीर पुनले राजीनामा दिएका हुन्।
प्रतिक्रिया दिनुहोस !