election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अमेरिकाले थप ८० नेपालीलाई गर्‍यो निष्कासन

अमेरिकाले थप ८० नेपालीलाई गर्‍यो निष्कासन
तस्बिर : एआई

काठमाडौं : अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो।

स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।

स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा परेका थिए। निष्कासनमा परेका नेपालीहरूलाई अमेरिकाको अध्यागमन प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको समेत गरेको थियो। 

निष्कासित भएकाहरूलाई अध्यागमन कार्यालयले थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको छ। 

यो पनि पढ्नुस् : अमेरिकाले एकैपटक ७५ जना नेपालीलाई गर्‍यो निष्कासन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.